• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

दाङमा नेकपाकी विमलाकुमारी खत्री विजयी

दाङ । दाङ क्षेत्र नम्बर ३ ९ख० मा नेकपाकी उम्मेदवार विमलाकुमारी खत्री विजयी भएकी छन् । उनले नेपाली कांग्रेसका केशवराज शर्मालाई पराजित गरेकी हुन् ।

 

खत्रीले २४ हजार २८६ मत प्राप्त गरेकी थिइन् भने कांग्रेसका शमाले १९ हजार २८२ मत प्राप्त गरेका थिए । खत्री ५ हजार १०४ मतान्तरले विजयी भएकी हुन्।

 

मत परिणामअनुसार साझा पार्टीका उम्मेदवार शिवकुमार चौधरीले २६६, राप्रपाका भूपाल रावतले २२५, समाजवादीका डिल्लीबहादुर डाँगीले १५४, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका छोटी लाल थारुले १३८, नेकपा मालेका हरिप्रसाद डाँगीले १०३, मंगोल नेशनल पार्टीका घनश्याम चौधरीले ९०, लोकतान्त्रिक पार्टीका झरेन्द्रबहादुर खत्रीले २६ मत प्राप्त गरेका छन भने कांग्रेस बिपी पार्टीका दिपक कुमार धितालले २ मत प्राप्त गरेका छन् ।

 

त्यस्तै स्वतन्त्र उम्मेदवार गोबिन्द केसी २ र अर्का स्वतन्त्र उम्मेदवार टीकाराम आचार्यले ४ मत प्राप्त गरेका छ्न् ६८ हजार ७ सय १९ मतदाता मध्ये ४५ हजार ७ सय १८ मत खसेको थियो। ७ सय ९७ मत बदर भएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार