• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
पत्रपत्रिका

पश्चिमी वायुले राजधानीको प्रदूषण घट्यो

काठमाडौं । पश्चिमी वायुले राजधानीको प्रदूषण घटाएको छ। केही दिनयता नेपाल प्रवेश गरेको यो वायुले गत साताको राजधानीको अस्वस्थकर वायु प्रदूषणको स्तरलाई स्वास्थ्यका लागि असर नपर्ने स्तरमा झारेको हो।

 

‘पश्चिमी वायुले धुवाँ र धुलोलाई बढारेर उपत्यकाको मौसमलाई आइतबार सफा बनाइदिएको छ,’ मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले भनिन्।

 

जाडो याममा बढ्दो प्रदूषण राजधानीको विशेषता नै हो। यो समयमा उपत्यकाको तापक्रम घट्दै जाँदा धुवाँ–धुलोले प्रदूषण बढाउँछ।

 

राजधानीका विभिन्न स्थानमा जडान गरिएका सात वटा प्रदूषण मापन स्टेसनमध्ये अमेरिकी दूतावासले स्थापना गरेको दुई स्टेसनले वायुको गुणस्तरको सूचकांक अर्थात एयर क्वालिटी इन्डेक्स ९एक्वा०लाई आइतबार अद्यावधिक गरेका छन्। तिनले वायु प्रदूषणको स्तरलाई मोडरेटू अर्थात स्वास्थको लागि त्यति धेरै असर नपर्ने मध्यमस्तरमा ओर्लेको देखाएका छन्।

 

प्रदूषणलाई मापन गर्दा प्रति घनमिटर वायुमा २.५ माइक्रोमिटर तथा सोभन्दा सानो व्यास भएका शुक्ष्म कणलाई पिएम २.५ रूपमा मापन गरिन्छ भने प्रतिघनमिटर वायुमा १० माइक्रोमिटर भन्दा व्यास भएका कणलाई पिएम १० को रूपमा नापिन्छ।

 

अन्तर्राष्ट्रिय रूपमा वायु प्रदूषणको मात्रा नाप्ने एक्वा इन्डेक्सअन्तर्गत ५१ अंकदेखि १०० अंकसम्मको स्थितिलाई पहेलो रंग दिएर जनस्वास्थका लागि त्यति धेरै असर नपर्ने मानिएको छ। आइतबार दिउँसो अमेरिकी दूतावासले स्थापना गरेको दुवै स्टेसनले एयर क्वालिटी इन्डेक्स ९एक्वा०लाई ५५ अंकमा रहेको देखाएका छन्।

 

‘स्वास्थ्यको हिसावले संवेदनशील अवस्थामा रहेका बिरामीबाहेक प्रदूषणको यो अवस्था रहेको दिनमा सबैले बाहिर सक्रियरूपमा काम गर्न सक्छन्,’ नेपालस्थित अमेरिकी दूतावासले आफ्नो वेबसाइटमा भनेको छ। गत साता मात्रै राजधानीको एक्वा सरदरमा १५० भन्दा बढी रहेको थियो, जुन जनस्वास्थका लागि अस्वस्थकर मानिन्छ। नागरिक

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार