शुरु भयो साग (फोटो फिचर)
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को औपचारिक उद्घाटन भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ दक्षिण एसियाली खेलकुदको साग को औपचारिक उद्घाटन भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी हुन् । साग खेलकुद सुरु भएको घोषणा राष्ट्रपति भण्डारीले सम्बोधनबाट घोषाणा गरेकी थिइन ।
उद्घाटनमा विभिन्न सांस्कृतिक झाँकीहरुको प्रदर्शन गरिएको छ । ३५ वर्ष लामो इतिहास बोकेको साग नेपालले तेस्रो पटक आयोजना हुँदैछ।
राष्ट्रपतिको सम्बोधन अघि सातै राष्ट्रका खेलाडीले मार्चपास गरेका थिए भने तेक्वान्दो खेलाडी दिपक विष्टले सागको दिप प्रज्वलन गरेका थिए । त्यसपछि खेलाडी, रेफ्री र निर्णायकले शपथ खाएका थिए । शब्द/तस्वीर : शर्मिला तिमल्सिना
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस