• शनिबार १-८-२०८१/Saturday 04-20-2024
फेशन

आर्कषक र कम्फरटेवल उलन टप्स

 काठमाडौं । जाडो बढेसँगै उलनको टप्समा सजिन मन पराउनेहरु बढेका छन् । लगाउन कम्फरटेवल हुने हुदाँ औपचारिक तथा अनौपचारिक कार्यक्रममा पनि लगाउन सकिन्छ ।

 

उमेर अनुसार विभिन्न डिजाइनमा उलनका टप्सहरु बजारमा चलेका छन् । कतिपयलाई टप्स लगाउँदा निकै सुहाएको पनि हुन्छ भने मिलाएर नलगाएको खण्डमा भद्वा पनि देखिन्छ । उमेर र शरीर सुहाउँदो टप्स लगाउदा राम्रो देखिन्छ ।


राम्रो ड्रेसअप छान्न जन्ने हो भने सिम्पल लगाउँदा पनि तपाइलाई आर्कषक देखिन्छ । बजारमा न्यानो प्रदान गर्न उलन, कटन तथा ढाकाका विभिन्न खाले टप्सहरु छन् । शरीरको बनोट अनुसार पालतो जिउ छ भने फिटिङ टप्स सुहाउने हुन्छ । 

 

स्लिम बडी हुनेहरुले उलनको केही बाक्लो बनोट भएका टप्स पनि छनोट गर्न सकिन्छ थोरै भए पनि घाँटी खुलेको डिजाईन छान्नु राम्रो हुन्छ । हाइनेकजस्तो घाँटीसम्मै छोपेको लगाउँदा त्यसले थप मोटो देखाउछ । बुट्टा भएको तथा सादाजस्तो लगाउँदा पनि हुन्छ ।

 

स्लिम बडी भएकाहरुले सकेसम्म प्रिन्टेड लगाउँदा राम्रो हुन्छ । शरीरको बनोट मोटो हुनेहरुलाई ड्रेस छनोट गर्न पक्कै पनि त्यति सजिलो हुँदैन किनभने मोटो जिउ हुनेहरुलाई सीमित लुगाहरुमा मात्र आकर्षक देखिन्छ ।

 

हेवी जिउ हुनेहरुले सकेसम्म टप्सको लम्बाई घुँडा भन्दा तल गर्दा राम्रो हुन्छ । जति छोटो टप्स बनायो त्यति नै मोटो देखाउने हुन्छ । त्यसैले पनि टप्सको लम्बाईमा ख्याल गर्नुपर्छ । बीचमा चिरिएको अथवा साइडमा चिरिएका टप्स मोटोहरुका लागि राम्रो मानिन्छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार