मोरङमा कांग्रेसका नारायणप्रसाद साह विजयी
मोरङ । मोरङको धनपालथान गाउँपालिका–२ मा वडाध्यक्षको निर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ ।
कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका नारायणप्रसाद साहले एक हजार ७०१ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पङ्कज मण्डलले एक हजार ४९७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस