• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
स्वास्थ्य

नि:शुल्क मधुमेह परिक्षण शिविर सम्पन्न

काठमाडौं । लियो क्लब अफ काठमाडौं निर्वानाले लायन्स क्लब अफ काठमाडौं निर्वाना र सुमय हेल्थ सेन्टर-मगरगाउँ शाखासंग संयुक्त रुपमा सानोठिमी, भक्तपुरमा शनिवार एक दिने नि:शुल्क मधुमेह परिक्षण शिविर आयोजना गरेको छ ।

 

नोभेम्बर महिनालाई मधुमेह महिना मनाउने उद्देश्यले उक्त शिविर आयोजना गरिएको क्लबका अध्यक्ष लियो प्रतीक लम्सालले बताए । शिविरमा मधुमेहका साथै थाइरोइड, पेट रोग ,यौन रोग छाती रोग, दम, पुरानो खोकी आदि रोगहरुको पनि निस्शुल्क परिक्षण गराइएको थियो ।

 

उक्त शिविरमा ७५ जना ले आफ्नो स्वास्थ्य परिक्षण गराएका थिए भने लियो निलम केसी र लियो मोनिका देवकोटाको संयोजकत्वमा शिविर सम्पन्न भएको थियो । 

 

यसका साथै लियो क्लब अफ विरगंजले पनि आफ्नो क्षेत्रमा सोहि मिति र समयमा नि:शुल्क मधुमेह परिक्षण शिविर सम्पन्न गरेका छ।   

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार