• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
डबली

रातो धारा विचको यो , घेरा भित्र बसाइ

भन्नलाई भनिन्छ यो , नारीत्वको प्रताप
मेरा लागि महिनौंपिच्छे , भोग्नुपर्ने सराप ।
यता जाँऊ मन्दिर पर्छ, उता  प–यो भान्छा,
जता जता म लम्किन्छु, उतै भन्छन् पन्छ ।

 

त्यही धार रोकिएमा ,सृष्टी सुन्य हुन्छे,
समाज भन्छ बाली सक्न,  किन त्यता छुन्छे ?
महिनामा तीसै दिन , घास काट्नु अरे,
यी चार दिन दुूध खाए, दुूध सुक्छ भरे ।

 

पर सर्दै, बहिर हुँदै , महारानी भएं,
देशमा कानुन जे बने नी ,  म त उस्तै रहें ।
कति तनै मरिदिन्छन् , दिनकै मर्छन मन,
यही चाला कहिले सम्म, रख्छौ समाज भन ?

 

प्रश्न मात्रै उठिरन्छन्, उत्तर दिने कसले ?
आवाज त उठाउने हो, दुख खेप्छ जसले ।
महिनाभर मित्र मेरो, चार दिने कसाइ,
रातो धारा विचको यो, घेरा भित्र बसाइ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार