• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

अभिताभ बच्चनसँग फिल्म गर्ने रहर छ  : अनिल कपुर

मुम्बई । बलिउडमा अनिल कपुर एकदमै चर्चाको नाम हो । उनको अभिनयको तारिफ नर्गने सायद कमै होलान् । बुढ्यौली उमेरमा पनि उनको अभिनय क्षमता उस्तै छ । पुराना कलाकारहरु मध्य यीनै एक यस्ता कलाकार हुन जो कहिले बुढो देखिदैनन् । पुराना हुन या नयाँ सबैसँग फिट हुन्छन् अनिल कपुर ।  सधै फिट एण्ड फाइन । हालै उनी अभिनित फिल्म ‘पागपंती’ प्रदर्शनमा आएको छ । अनिल कपुरले फिल्म र आफनो फिल्मी क्यारियरको बारेमा बाताएका केही कुराहरु  :


पागलपंती 
‘पागलपंती’ मा मेरो भुमिका एउटा जीजा र सालाको जोडीको छ । जो हरेक काम संगै गर्छन । मैले र सौरभ शुक्लाले यो भुमिका गरेका छौं । हामी पहिले जेरी बेच्ने काम गर्थ्यौं, त्यसपछि समोशा बेच्न थाल्यौं । हामी बिस्तारै बिस्तारै डनगिरीको काम तिर पनि लाग्न थाल्यो र एउटा नाम कहलिएको डन बन्यौं । यही क्रममा एकदिन हामी लण्डन जान्छौं र हाम्रो बसाई त्यहि नै हुन्छ । तर पनि हाम्रो डनको पहिचान भने कायम नै हुन्छ । जब भारत क्रिकेट खेलमा हार्थ्यो हामी त्यसलाई हारेको भन्दैन्थ्यौं । यो त खेलमा नै केही गडबडी भएको भन्ने गर्थ्यौं । 


अनिस बाज्मी 
अनिस धेरै नै मेहिनेती मान्छे हो । उसले बलिउडमा कडा परिश्रम गरेको छ । आज उ जुन उचाइमा छ त्यो सब उसको मेहनतको फल हो । जब उसले फिल्म ‘पागलपंती’ को बारेमा मलाई भन्यो हामी दुबैको यसबारे कुरा मिल्यो । मलाई फिल्मको स्क्रिप्ट पनि मन पर्यो । फिल्मको बारेमा हामी दुबैको तालमेल भयो । अनिसले फिल्ममा धेरै काम गरेको छ । मैले भलै सानोतिनो अभिनय गरेको छु । त्यसैले पनि मेरो र अनिसको तालमेल मिलेको होला । 

 


 

मजनु भाईको भुमिका 
मजनु भाईको भुमिकाले मलाई जिन्दगीमा धेरै कुराहरु सिकाएको छ । म मुम्बईमा तिलकनगरमा बसे । त्यसपछि सायन कोलिवाडा, फेरी चेम्बुर मा बसे । त्यहाँ मेरो धेरै साथीहरु छन् जस्तै मुन्ना या बबन । म यिनीहरुसँगै बसे, हुर्के, घुमे । जब मलाई यो भुमिका दिइयो, मलाई त्यो क्यारेक्टरसँग दाज्न थालियो । मलाई थाहा थियो कि शहरमा यस्ता मान्छेहरु पनि हुन्छन् । 


आफनो भुमिका बुझ्ने हो  
मलाई आफुले गर्ने अभिनयमा सधै बिश्वास थियो किनकी म भन्ने गर्थे कि मेरो आमा भाडा माझ्ने गर्थिन वा बुवा ट्रेनमा कठिनाईको सफर गर्थे र कहिलेकाँही लड्थे पनि । मलाई थाहा थियो यी सबै संर्घष कस्तो हुन्छ भन्ने । कसरी मेरा बुवा आमाले यो संर्घष पार गरे । मलाई चर्चगेटबाट आफनो कलेज जानको लागी तीनवटा लोकल ट्रेन चढ्नु पर्थ्यो । जब म चैम्बुरबाट जुहु बिले पार्ले आए तब केही कुराहरु मैले सिके । मैले आफनो रहनहसहनलाई नै परिवर्तन गरे । फिल्म ‘दिल धडकने दो’ मा मैले त्यहि भुमिका गरेको छु । जब तपाई आफनो भुमिकाको महसुश गर्नेहुन्छ त्यो भुमिका त्यसै सम्झनलायक बन्छ । तर यदी तपाईले आफनो रहनसहन परिवर्तन गर्नुभयो तर भुमिकामा परिवर्तन भएन भने त्यसको खासै केही मान्यता हुँदैन । मलाई बलिउडमा अभिताभ बच्चनले जस्तो भुमिका अरु कसैले गर्न सक्छ जस्तो लाग्दैन । अमित जी आफनो भुमिकालाई भित्री मनबाट गर्छन । उनी क्लासी त छन् नै तर जब उनी कुनै गरिबको भुमिका गर्छन तब लाग्छ कि उनी साच्चै गरिबको जीवनीबाट पार भएर आएका हुन । 

 


 

अमिताभ बच्चनसँग फिल्म 
अभिताभ बच्चनसँग आजसम्म मैले कुनै फिल्म गरेको छैन । फिल्म गरेपनि एकदमै छोटो भुमिका भएको खासै ध्यान नहुने गरेको हुँला । म फिल्म ‘शक्ति’ मा उनको छोराको भुमिकामा देखिएको छु भने फिल्म ‘अरमान’ मा उनीसंगै थिए तर भुमिका भने एकदमै छोटो थियो । एकपटक राजकुमार सन्तोषी हामी दुईलाई फिल्ममा अभिनय गराउने कुरा गर्नुभएको थियो । अनिस बाज्मीले पनि हामी दुबैसँग फिल्म बनाउने कुरा गरेका थिए । तर त्यो बनेन । के भन्न सकिन्छ, अब बन्न सक्छ कि । 


फिल्म दिवारका रोचक कुरा 
फिल्म ‘दिवार’ मा केही रोचक घटनाहरु घटेका छन् । मेरो त्यो समय डैनी राम्रा साथी थिए र परविन बाबी डैनीको राम्रो साथी । उनले मलाई दिवार को प्रिमियरमा जानको लागी अफर गरे । त्यतीबेला म बुवा (सुरिन्दर कपुर) को फिल्ममा व्यस्त थिए । कहिले कलाकारकहरुको लागी खाजा लिएर जाने गर्थे तर कहिले आमाले बनाएको खाना बुवालाई दिन जान्थे । म खानाको सामान लिन कहिले कोलिवाडा पुग्थे त कहिले समोसा लिन जान्थे । मनमा यती थियो कि कलाकाहरुलाई खुशी राख्नु पर्छ । अब तपाई आफै भन्नुस जब यस्तो कलाकारहरुको लागी खाजा लिएर जाने केटाले फिल्म दिवारको प्रिमियर हेर्न पाउनु र आज उसको तुलना सुपरस्टा।र अमिताभ बच्चनसँग गर्दा उसको मनमा कस्तो हुन्छ होला । म सँग एउटा कथा छ जो म अब अमिताभ बच्चन मिलेर गर्न चाहन्छु । हेरौं समय कहिले  जुड्छ । वेभ दुनियाँ


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार