• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
डबली

'पलेँटी श्रृंखला' अब युट्यूबमा (पहिलो शृङ्खलाको युट्यूब लिंक सहित)

काठमाडौ । नेपालयले सन २००५ देखि संचालन गर्दै आएको सांगीतिक कार्यक्रम 'पलेँटी श्रृंखला' का कार्यक्रम अबदेखि युट्यूबमा पनि हेर्न पाइने भएको छ ।

 

यसअघि पनि 'पलेँटी नेपालय' को नाममा रहेको युट्यूब च्यानलमा पलेँटीमा गाइएका गीतहरू सुन्न सकिन्थ्यो । तर अब भने नेपालयको 'आर' शालामा प्रस्तुत हुने कार्यक्रमको पूरै कार्यक्रमको प्रत्यक्ष रेकर्डिङ हेर्न पाइने भएको हो । पलेँटीको पूर्ण श्रृंखला साबिक कै च्यानल 'पलेँटी नेपालय' मा हेर्न, सुन्न सकिन्छ ।

 

सन् २०१९ देखिका पलेँटी श्रृंखलालाई क्रमश : अपलोड गरिने भएको छ । हरेक कार्यक्रमलाई ४ वटा श्रृंखलामा बाँडिएकोले दर्शक, श्रोताले आफ्नो अनुकुलता अनुसार पलेँटीको आनन्द लिन सक्ने छन् । 'आर' शालामा प्रत्यक्ष प्रस्तुत भएको कार्यक्रमको रेकर्डिङ भएको हुनाले कार्यक्रम हेर्दा लाइभको जिवन्तता पनि महसुस गर्न सकिनेछ ।
 

'पलेँटी कार्यक्रमको अनुभवलाई 'आर' शालाको सिमित उपस्थितिबाट बाहिर बाँड्न २०१९ देखिका श्रृंखलालाई क्रमिक रुपमा सार्वजिनिक गर्ने व्यवस्था मिलाएका हौ' आयोजक संस्था नेपालयका किरण कृष्ण श्रेष्ठले जानकारी गराए ।

 

'नेपाली आधुनिक गीतलाई अभिलेखमा राख्ने उद्देश्यले पलेँटी कार्यक्रमलाई रेकर्ड पनि गर्दै आएका थियौं । अब नेपाली संगीत प्रेमीहरूले यस कार्यक्रमको प्रस्तुति पक्षलाई पनि अनुभूत गर्न पाउने छन्' कार्यक्रम संयोजक आभासको भनाई थियो ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार