• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

प्रधानमन्त्री अझै सात दिन अस्पतालमै रहने, दश दिनपछि नियमित काममा फर्कन सक्ने

काठमाडौं । मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी ओली अझै एक साता अस्पतालमै रहने चिकित्सकले जानकारी दिएका छन् । प्रधानमन्त्रीलाई अहिले एपेन्डिसाइटिसको अपरेसन र मिर्गौला बाहेक अरू समस्या नभएको चिकित्सकले बताएका छन ।

 

पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहले नियमित डायलाइसिस गराउनुभन्दा प्रत्यारोपण उत्तम विकल्प भएको समेत बताइन ।

 

उपचारमा संलग्न चिकित्सकहरुले प्रधानमन्त्री दश दिनपछि नियमित काममा फर्कन सक्ने जानकारी दिएका हुन् । प्रधामन्त्री ओलीको मिर्गौला प्रत्यारोपण वारे अझै निर्णय नभएको निजी चिकित्सक डा. दिव्या सिंहको भनाइ छ । 

 

प्रधानमन्त्रीलाई मुखबाट ठोस खानेकुरा खुवाउन थालिएको छ भने उनी सामान्य हिँडडुल गर्न थालेको छन । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि यही मंसिर १० गते एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार