• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
अर्थ

आठ केजी सुन सहित दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । आठ केजी सुनसहित दुईजना चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ परेका छन् ।

 

बिहीबार राती नेपाल एयरलाइन्सबाट नेपाल आएका चिनियाँ नागरिकबाट उक्त सुन बरामद भएको हो।

 

हङकङबाट नेपाल एयरलाइन्सको आरए ४१० नम्बरको फ्लाइटमार्फत नेपाल आएका उनीहरु विमानस्थल भन्सारमा चेकजाँचको क्रममा पक्राउ परेका डीआईजी सूर्य उपाध्यायले जानकारी दिए । 

 

समातिएका चिनियाँ नागरिक चीनको फुजियान प्रान्तका नागरिक भएको जनाइएको छ । उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार