• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
स्वास्थ्य

अस्पतालबाट प्रधानमन्त्रीको ट्विटः 'मेरो स्वास्थ्यमा सुधार भइरहेको छ'

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य लाभ गर्नेहरूलाई धन्यवाद दिएका छन् । स्वास्थ्य लाभ गर्नेहरूलाई प्रधानमन्त्री ओलीको निजी ट्वीटर ह्यान्डलबाट धन्यवाद दिएका हुन।

 

आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आइरहेको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता राख्ने सबैलाई आफ्नो स्वास्थ्य सुधार भइरहेको र चिन्ता नगर्न भन्दै धन्यवाद दिएका हुन् ।

 

मनोमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरको आइसीयूमा उपचार गराईरहेका प्रधानमन्त्रीले आज बिहीबार बिहान उठेर बसेको र केहीबेर सामाजिक सञ्जाल चलाएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका जानकारी दिए । 

 

उनले ट्विटर मार्फत भनेका छन्, 'बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।'

 

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका ओलीको पछिल्लो समय ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा डायालाइसिस हुँदै आएको थियो । अहिले मनोमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमै डाइलाइसिस गर्न थालिएको बताएको छ । 
 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार