• शनिबार १-८-२०८१/Saturday 04-20-2024
पत्रपत्रिका

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि नातेदारको स्वास्थ्य परीक्षण हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पेटको आकस्मिक शल्यक्रियापछि मिर्गौलाको दोस्रो प्रत्यारोपण केही पर धकेलिए पनि त्यसका निम्ति दाताहरू खोजिसकिएको थाहा भएको छ । 

 

स्रोतका अनुसार ससुरालीतर्फबाट नाता पर्ने ललितपुरकी महिला ५० वर्ष उमेर कटेकी छन् भने घरतर्फबाट नाता पर्ने झापाकी युवती ३५ वर्षमुनिकी हुन् । उनीहरूको प्रधानमन्त्री ओलीसँग घनिष्ठ पारिवारिक नाता छ । 

 

उनीहरू दुवैको रगत, पिसाब, मिर्गौलाको सीटी एन्जियो, डीटीपीए स्क्यान, ईसीजी, ईको, अल्ट्रासाउन्डलगायत परीक्षण साताअघि नै एक सरकारी अस्पतालमा भइसकेको छ । उनीहरूको ‘टेस्ट रिपोर्ट’ को विवरण उल्लेख गर्नुपर्ने स्थानमा ‘सम्भावित मिर्गौला दाता’ लेखिएको छ । प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन तयार पारिएका दुई महिलाको सुरुमा ‘एचएलए टाइपिङ’ र ‘क्रसम्याच’ गरियोरगरिएन भन्नेबारे आफू जानकार नरहेको स्रोतले बतायो ।

 

‘प्रधानमन्त्रीको दोस्रो प्रत्यारोपणका लागि सम्भावित दाताको स्वास्थ्य परीक्षण भइरहेको हुँदा उहाँहरूको एचएलए नभए पनि क्रसम्याच परीक्षण भइसक्यो होला भन्ने मेरो अनुमान छ,’ स्रोतले भन्यो, ‘सम्भावित दाता भनेर सबै परीक्षण गरेर क्रसम्याच नै भएन भने फेरि अर्को खोज्नुपर्ने हुन्छ । त्यसैले पहिला क्रसम्याच गराएर मात्र अरू परीक्षण गरेको हुनुपर्छ भन्ने मलाई लागेको छ । त्यो नै सुरक्षित तरिका हो ।’

 

प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस र पेरिटोनाइटिसको समस्याका कारण आकस्मिक रूपमा ल्यापरोटोमी नै गर्नुपरेपछि तत्काल प्रत्यारोपणका लागि भने प्रतिकूल अवस्था आइपरेको छ । चिकित्सकका अनुसार प्रधानमन्त्री शल्यक्रिया र पेटको संक्रमणबाट सामान्य अवस्थामा आएपछि मात्र प्रत्यारोपणबारे सोच्न सकिनेछ ।

 

एक शल्यचिकित्सकका अनुसार सामान्यतस् यस प्रकारको ठूलो शल्यक्रियापछि अत्यन्तै आवश्यक परे छ सातापछि, नभए तीन महिनापछि मात्र अर्को शल्यक्रिया गर्न सकिन्छ । ‘अहिलेलाई प्रधानमन्त्रीको स्वास्थ्य अवस्था हेरेर हेमोडायलसिस नै उत्तम विकल्प हो,’ ती चिकित्सकले भने, ‘यो समस्या समाधान भएपछि उहाँको त्यति बेलासम्मको रिकभरी हरेर मात्र मिर्गौला प्रत्यारोपण गर्न हुनेरनहुने भन्न सकिन्छ ।’ कान्तिपुर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार