• सोमबार ८-३०-२०७६/Monday 12-16-2019
रंगमञ्च

म ‘१२ सत्ताईस’ को राजेश हमाल

व्यस्तता 
अहिले शैली थिएटरको प्रस्तुतिमा ‘भुसको आगो’ नाटक गर्दैछु । यसपछि दुईवटा नयाँ स्क्रिप्टहरु आएका छन्, अध्ययन गर्दैछु । 


रंगमञ्च र चलचित्रमा प्रवेश 
रंगमञ्चमा प्रवेश गरेको सात वर्ष भयो  । फिचर फिल्ममा नै भनेर काम गर्न थालेको तीन वर्ष जति भयो । मेरो पहिलो चलचित्र ‘कथा काठमाडौं’ हो । चलचित्रमा नै गर्छु भन्ने चाहिँ थिएन । जब कक्षा आठमा पढ्दै गर्दा नाटक गर्ने अवसर पाए । नाटकमा काम गर्ने उत्साह भएका साथीहरु मिलेर टिम निर्माण गर्‍यो । समुहको नेतृत्व मैले गरे । साथीहरु मेरो कुरामा सहमत हुन्थे । मैले नाटक निर्देशनमा चासो दिन थाले सबैलाई त्यसबारे जान्न उत्साहित गरे । उनीहरु अभिनय गर्थे म निर्दशनमा खटिँदा नाटकमा मेरो अभिनय कतै देखिएन । मलाई त अभिनय गर्नु थियो । साथीहरुले मलाई निर्देशक भएपनि केही मेरो भुमिका हाल्नुपर्छ भने त्यसपछि मैले पनि अभिनय गर्ने मौका पाए । नाटकमा मेरो भुमिका थोरै थियो तर राम्रो थियो । यसपछि मैले लगातार नाटकमा अभिनय गर्न थाले । 


नाटक
माया, सम्बन्ध, कथा एक्सप्रेस, कथा देशको, दरौंतीको पानी, थी्र सिर्टस, भुसको आगो लगाएतका नाटकहरुमा मैले अभिनय गरेको छु । पहिलो नाटक सर्वनाम थिएटरमा गरेकी थिए । त्यसपछिका धेरैजसो नाटकहरु मण्डला र शिल्पी थिएटरमा नै गरेकी छु । अहिले शैली थिएटरमा आवद्ध छु । 

 


 

रंगमञ्च/चलचित्र 
रंगमञ्च भनेको त्यस्तो क्षेत्र हो जहाँ कलाकाहरुले आफनो अभिव्क्ती पोख्न सक्छन । चलचित्रमा जस्तो रंगमञ्चमा कट, रि–टेक हुँदैन । हामीले रंगमञ्चमा जतिसक्यो राम्रो गर्न प्रयास गर्छौ । त्यसमाथी दर्शकले रंगमञ्चलाई लाइभ हेर्नुहुन्छ । त्यसैले पनि रंगमञ्चमा यो एउटा चुनौती हो किनकी यसमा जे हुन्छ सिधा हुन्छ । रंगमञ्चले दर्शकलाई एकैठाउँमा केही घण्टाको लागी भए पनि बाँधेर राख्छ । चलचित्रमा कट र रि–टेकले गर्दा काम गर्न पक्कै पनि सहज हुन्छ । 


चलचित्र र नाटकमा फरक 
चलचित्र र नाटकमा प्रविधीको मात्र फरक देख्छु । चलचित्रमा अलि चर्को प्रस्तुति हुन्छ भने नाटकमा त्यो भन्दा अलि कम हुन्छ । तर चलचित्र र नाटकमा जुन भावनाहरु प्रस्तुत गरिन्छ त्यो फरक हुँदैन । मैले नाटकमा जुन भावना देखाउँछु त्यही कुरा मैले चलचित्रमा पनि प्रस्तुत गर्न सक्छु । त्यसमा कुनै पनि भिन्नता हुँदैन ।


नाटकमा भुमिका
हाम्रो नाटकमा भुमिका कस्तो हुन्छ भन्दा पनि हामीले कस्तो गर्ने भन्ने कुरा हो । यसमा निर्देशकको ठुलो हात हुन्छ । उहाँले हामीबाट कस्तो अभिनय चाहनुभएको छ । हामीलाई निर्देशकले कसरी प्रस्तुत गर्नुहुन्छ भन्ने मुख्य कुरा हो । शुरुमा अभिनय गरेको नाटकमा म कोरशमा नै थिई । अहिले चाहीँ मुख्य भुमिकामा नै देखिन्छु । जे होस् दर्शकहरुको आँखामा परेकी छु । यसमा यो क्यारेक्टर भन्ने हुँदैन क्यारेक्टरमा हामीले आफुले आफैंलाई ढाल्ने हो । 

 


 

पहिलो नाटकको अनुभव
म पहिलो नाटकमा कोरशमा भएपनि त्यस बेलाको क्षण एकदमै रमाइलो थियो । कोरशमा नै भएपनि दर्शकहरुले मेरो अभिनयलाई एकदमै रुचाएका थिए । धेरैले त मसँग फोटो पनि खिँचाए । त्योबेला म यती धेरै खुशी थिए कि आधा रातसम्म निदाउन सकिन । 


चल्तीका कलाकारसंग अभिनय
यसमा अभिनय भन्दा पनि सबैको आ–आफनै व्यवहार हुन्छ । मलाई चलेको कलाकारहरुसँग अभिनय गर्नेे कुरामा खासै त्यस्तो केही लाग्दैन । मैले जति कलाकारहरुसँग काम गरे सबैसँग सजिलो नै महशुस गरे । केही समय अघि चलचित्र ‘आमा’ मा अभिनेत्री मिथिला शर्मासँग काम गर्ने अवसर पाएकी थिए । उहाँबाट मैले धेरै कुराहरु सिक्ने मौका पाए । मलाई उहाँले धेरै कुराहरु सिकाउनु भयो । सायद अन्य कलाकारहरुबाट मैले त्यति धेरै कुराहरु सिक्न पाएकी थिईन होला ।


१२ सत्ताईस
‘१२ सत्ताईस’ मा हामी लेडी ग्याङको भुमिकामा देखिएका छौं । हाम्रो तीनजानको ग्याङ छ जो आ–आफनो काममा पोख्त हुन्छ । तीनजनालाई हरेक कुरा आउँछ । मेरो क्यारेक्टर इन्जिनियरको छ । तीनजना हरेक चीज जान्ने भएपनि उनीहरु बेरोजगार हुन्छन् । बेरोजगारी कै कारण तीनजनाको काम अरुलाई ठग्ने हुन्छ । ‘१२ सत्ताईस’ को म राजेश हमाल हुँ । 

 


 

उमेर 
म अहिले २३ वर्षकी भए ।  काठमाडौं डन बस्को कलेजबाट बैंकिङ एण्ड इन्स्युरेन्समा एम.बी.ए गर्दैछु । 

 

कमाई
चलचित्र र रंगमञ्च दुबैमा पैसा छ । तर बाच्न लायकको कमाई चलचित्रबाट नै हुन्छ । नाटकको कमाई भनेको खर्च टार्नको लागी मात्र हो । 


 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार