• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
पत्रपत्रिका

जागिर लगाइदिने प्रलोभनमा बलात्कार प्रयास, कन्सल्टेन्सी सञ्चालक पक्राउ

कीर्तिपुर । कीर्तिपुर (ठाउँ परिवर्तन) की एक युवतीलाई बलात्कार प्रयास गरेको अभियोगमा सिनामंगलस्थित कन्सल्टेन्सी मिता इन्टरनेसनल प्रालिका सञ्चालक रोहितकुमार ढुंगाना पक्राउ परेका छन् ।

 

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले कैलालीको गौरीगंगा नगरपालिका–२ घर भएका ढुंगानालाई शुक्रबार पक्राउ गरेको हो । उनले जागिर लगाइदिने प्रलोभनमा बलात्कार प्रयास गरेको पीडितको भनाइ छ ।

 

ढुंगानाले बिहीबार कन्सल्टेन्सीमा जागिर मिलाइदिने भन्दै ती युवतीलाई बानेश्वर बोलाएका थिए । ढुंगानाका साथमा रहेका दुईमध्ये एक युवतीलाई उनले मीत बहिनी बनाएका थिए । उनै बहिनीमार्फत पीडित युवती जागिर खोज्दै ढुंगानाको सम्पर्कमा आएको खुलेको छ ।

 

‘बिहीबार ढुंगानाले मीत बहिनी, उनकी साथी र पीडित युवतीलाई बानेश्वरको अलाइन्स रेस्टुराँमा खानारखाजा खानेगरी बोलाएका थिए,’ स्रोतले भन्यो, ‘त्यहाँ खाना खाएपछि दिउँसो ४ बजेतिर ढुंगानाले जागिरका लागि अंग्रेजीमा अन्तर्वार्ता लिनुपर्छ भन्दै ट्याक्सीमा युवतीलाई गोदावरीस्थित वृन्दावन रिसोर्ट पुर्‍याएका थिए ।’

 

शुक्रबार घटनाबारे ललितपुर प्रहरीमा उजुरी परेपछि ढुंगानासहित दुई युवती पक्राउ गरेका हुन् । कान्तिपुर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार