• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

'गन्दी बात' फेम गहना वशिष्ठ अस्पताल भर्ना

मुम्बई । 'गन्दी बात' फेम तथा टेलिभिजन कलाकार गहना वशिष्ठ अस्पताल भर्ना भएकी छिन् । डाक्टरले गहनाको अवस्था गम्भिर रहेको र उनलाई भेन्टिलेटरमा राखिएको बताएका छन् । 

 

गहना गत आइतवार ४ः३० बजे आफनो नयाँ वेभ सिरिजको सुटिङ गर्ने क्रममा अचानक बोहोस भएकी थिइन । त्यसपछि उनलाई तुरुन्तै अस्पताल लगिएको र आईसीयुमा भर्ना गरिएको थियो । डाक्टरले भनेका छन् कि उनले तत्काल कुनै पनि कुराहरुको प्रतिकिया जनाएकी छैन । उनलाई सास फेर्न गाह्रो भइरहेको  छ । त्यसैले डाक्टरले उनलाई भेन्टिलेटरमा राखिएको बताएका छन् । उनको स्वास्थ्य एकदमै खराब भएको र उनी अहिले डाक्टरहरुको निगरानीमा छिन् । 

 

सुटिङमा लगातार ४८ घण्टासम्म केही नखाई गहनाले काम गर्ने गरेको र त्यसैले उनी सेटमा बेहोस भएको भारतीय संचार माध्यमहरुले बताएका छन् । डाक्टरहरुको अनुसार, गहनालाई डायबेटिज छ । उनको सुगर एकदमै बडेको र ब्लड प्रेसर एकदमै कम छ । डायबेटिजको औषघि संगसंगै उनी अन्य औषधिहरु पनि सेवन गरिरहेकी थिइन । 

 

तर गहनाका साथीहरुले भने उनले घण्टा घण्टामा एनर्जी ड्रिंक मात्र पिएको बताएका छन् । डाक्टरहरु जबसम्म सबै टेस्टहरुको रिपोर्ट आउँदैन तबसम्म केही भन्न नसकिने बताउँछन् । यो कुनै औषधिको कारणले हो या अरु नै यो अहिले भन्न सकिन्न । वेभ दुनियाँ

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार