• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
रंगमञ्च

अन्तर्राष्ट्रिय नाट्य एवं लोककला महोत्सव शुरु

जनकपुर । ‘आफ्नो संस्कृति, आफ्नो पहिचान’ नारा सहित बुधबारदेखि  अन्तर्राष्ट्रिय नाट्य एवं लोककला महोत्सव शुरु भएको छ । विजयलक्ष्मी मिडिया फाउन्डेशन र सोच नेपालद्वारा आयोजित सो महोत्सवमा नेपाल र भारतका नाट्य संस्था एवं लोक कलाकर्मीको सहभागिता रहेको छ ।

 

महोत्सवमा भारतको कोलकोता, जलपाइगुडी, हैदराबाद, मुजबफरपुर र सिद्धि एवं नेपालको मिथिला कला नाट्य परिषद्, सोच नेपाल, रङ्ग दर्पण नाट्य संस्था तथा सन्तोषलाल दास, रामेश्वर साह, रितेश पाटिल लगायतका कलाकारको प्रस्तुति हुने जानाइएको छ ।

 

महोत्सवमा जानकी लीला मैथिली, एक गदहे कि आत्मकथा हिन्दी, तलाक मैथिली, मेरा घर हिन्दी, हम नेपालमे चुनाव लड्य चाहैत छी  मैथिली लगायतका नाटक र सांस्कृतिक कार्यक्रम हुनेछ । महोत्सव तीन दिनसम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार