• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
बिश्व

थाइल्याण्ड र लाओसको सीमा क्षेत्रमा ६.४ म्याग्नीच्युडको भूकम्प

 थाइल्याण्ड । थाइल्याण्ड र लाओसको सीमा क्षेत्रमा बिहीबार बिहान ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ ।

 

भूकम्पका कारण त्यस क्षेत्रका बासिन्दा त्रसित भएका अधिकारीहरुले जानकारी दिएका छन् । थाइल्याण्डको मौसम विज्ञान विभागका महानिर्देशक सोम्साक खावसुवानले १०० भन्दा बढी कम्पन गएको जानकारी दिए ।

 

स्थानीय समयानुसार नोभेम्बर २० तारिखको राती ११ बजेसम्ममा १०० पटक पराकम्पन गएको जानकारी दिए । ।महानिर्देशक सोम्साकले ६.४ म्याग्नीच्युडको भूकम्प स्थानीय समयानुसार बिहीबार विहान ६.५० बजे गएको जानकारी दिए ।

 

भूकम्पका कारण विद्यालयहरु बन्द घोषणा गरिएको छ । ठूलो क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जनाएका छ ।एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार