• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
राजनीति

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई आज बिहान पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

 

  राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा उनले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई शपथ गराएकी हुन ।

सोही समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त राज्यमन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन । 


 शपथ लिनेमा उद्योग राज्यमन्त्री मोतीलाल दुगड, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावत र शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर रहेका छन ।


 सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, सरकारका उच्चपदस्थ अधिकारीलगायत उपस्थित थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार