• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

पप गायक राईलाई  ‘प्रवल जनसेवा श्री चतुर्थ’ सम्मान 

काठमाडौं । बुद्ध नेपालमा जन्मेको सन्देश विश्वभर फैलाउन लागिपरेका पप गायक धिरज राई  ‘प्रवल जनसेवा श्री चतुर्थ’ बाट सम्मानित हुने भएका छन्।

 

गायक राईले हालसम्ममा २५ वटा देशमा पुगेर बुद्ध नेपालमा जन्मिएको सन्देश दिइसकेका छन् । राईले भगवान गौतम बुद्धको जन्म नेपालमा भएको हो भनेर बिश्वका बिभिन्न राष्ट्रमा सांगीतिक कार्यक्रम सहित प्रचार–प्रसार समेत गर्दै आएका छन् ।

 

उनको यो अभियान अहिले पनि जारी छ । उनी विभिन्न क्रियाकलापबाट बुद्धको जन्म नेपालमा भएको हो भन्ने सन्देश बाँडिरहेका छन् । बुद्ध जन्मिएको बारे विश्वका करिब ५० प्रतिशत पुस्तकमा गलत तथ्य लेखिएको गायक राई बताउँछन् । 

 

यसअघि २०७४ साल फागुन १९ गतेको दिन काठमाडौंको टुंडिखेलमा उनकै अगुवाईमा ‘बुद्ध वोर्न इन नेपाल’ कार्यक्रम सम्पन्न भएको थियो । जसमा १ लाख ३० हजार नेपालीहरु जम्मा भएका थिए। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार