• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
अर्थ

जनता बैंक र ग्लोबल आइएमई बैंकको कार्ड एक अर्काको एटिएममा निःशुल्क चलाउन सकिने

 

काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा मर्जर सम्बन्धि प्रस्ताब यहि मंसिर २ गते सम्पन्न दुबै बैंकको साधारण सभाबाट पारित भइसकेको छ । मर्जर पश्चात ग्लोबल आईएमइ बैक लिमिटेडको नामबाट एकिकृत कारोवारका लागि अन्तिम तयारी भईरहेको छ ।

 

 यहि मर्जर प्रक्रियालाई मध्यनजर गर्दै ग्राहक महानुभावहरुको सुविधाका लागि  दुबै बैंकहरुबाट जारी गरिएका कार्डहरु यी दुबै बैंकहरुका कुनै पनि एटीएममा चलाउँदा कुनै शुल्क नलाग्ने  बैकले जानकारी दिएको छ ।

 

मर्जर पश्चात बन्ने ग्लोबल आईएमइ बैक लिमिटेडको मुलुकको ७ वटै प्रदेश तथा ७७ वटै जिल्लामा उपस्थिति हुनेगरी तयारी भरहेकोछ ।

 

 करिव ३ सय भन्दा बढी शाखा सञ्जाल, ३ हजार २ सय कर्मचारी, २० लाख ग्राहक संख्या सहितको बैक बन्नेछ ।

 

 मर्जर पश्चात बन्ने ग्लोबल आइएमई बैंक चुक्ता पूँजी करिव १९ अर्ब, निक्षेप रु. २ खर्ब १३ अर्ब, कर्जा रु. १ खर्ब, ९४ अर्ब भएको सवल र सक्षम बैक बन्ने विश्वास बैकले लिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार