• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

प्रधानमन्त्री ओलीको व्यस्तताले मन्त्रिमण्डल पुनर्गठन आज हुन सकेन 

काठमाडौं । आज हुने भनिएको मन्त्रिमण्डल पुनर्गठन अनिश्चित भएको छ । नेपाल कम्युनिष्ट पार्टीको बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले नयाँ मन्त्री नटुंग्याएपछि नयाँ मन्त्रीको सपथ आज नहुने सम्भावना बढेको  हो।

 

प्रधामन्त्री ओलीले बुधबार मन्त्रिपरिषदको पुनर्गठनको तयारी गरेका थिए। दुई अध्यक्षबीच राष्ट्रपति विद्यादेवी भण्डारीको मध्यस्थतामा मन्त्री हेरफेरमा सहमति भएको थियो । आज साँझ प्रधानमन्त्री ओलीले होटल याक एन्ड यतीमा हुने श्रमसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुपर्ने भएका कारण बुधबार मन्त्रिपरिषद पुनर्गठन नहुने बताइएको छ । 

 

अध्यक्ष प्रचण्डको स्वकीय सचिव गंगा दाहालले मन्त्रिपरिषद पुनर्गठन भोलिमात्र हुने जानकारी दिइन् । उनका अनुसार अध्यक्ष ओलीको व्यस्तताका कारण मन्त्रिपरिषद पुनर्गठन नहुने भएको हो।

 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले नयाँ कदम चाल्न लागेको भन्दै बुधबार मन्त्रीहरुलाई कुनैपनि औपचारिक कार्यक्रम नराख्न सुझाव दिनुका साथै आज मन्त्रीमण्डल पुनर्गठन गर्ने बताएका थिए। ओलीको सोही संकेतअनुसार बुधबारको सचिवालय बैठकले नयाँ चयनबारे निर्णय लिने अपेक्षा गरिएपनि करीब ३ घण्टा बसेको बैठक यो विषयमा कुनै निर्णय नगरी सकिएको हो ।  
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार