• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
बिश्व

नौ महिनामा १४ सयको मृत्यु

लिबिया। लिबियामा गत नौ महिनामा भएका सवारी दुर्घटनामा परी १४ सय भन्दा बढीको मृत्यु भएको छ। गृह मन्त्रालयले सोमबार सार्वजनिक गरेको एक विवरणअनुसार सन् २०१९ को जनवरीदेखि सेप्टेम्बर महिनासम्ममा उनीहरुको मृत्यु भएको हो।

 

'गत जनवरीदेखि सेप्टेम्बरसम्म ११ सय १५ ओटा सवारी दुर्घटना भएको विवरण छ, ती दुर्घटनाहरुमा परी १४ सय ९ जनाको मृत्यु भएको देखिएको छ,' मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । ती दुर्घटनाहरुमा परी ३१ सय १ जना घाइते भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । 

 

असिमित र अनियन्त्रित गति, चालकमा पर्याप्त सिपको अभाव, सवारी साधन र सडकको खराव अवस्था, चालकको एकाग्रतामा कमीलगायतका कारणले लिबियामा धेरै दुर्घटना हुने गरेको बताइएको छ। गृह मन्त्रालयले ट्राफिक नियमको पूर्ण पालना गर्न र सवारी चलाउदा सतर्कता अपनाउन सवारी चालकहरुलाई आग्रह गरेको छ। 

 

यसअघि सन् २०१८ मा सवारी दुर्घटनाकै कारण लिबियामा झण्डै २५ सय जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ । सिन्ह्वा

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार