• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

नेपाल कुवेतसँग १-० ले पराजित

काठमाडौं । फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत समूह बी को पहिलो होम खेलमा नेपाल कुवेतसँग पराजित भएको छ । मंगलबार भुटानको थिम्पुमा भएको खेलमा नेपाल कुवेतसँग १-० गोल अन्तरले पराजित भएको हो ।

 

कुवेत विरुद्ध नेपालले गोलको अवसर पाएको थियो । तर, नेपालले त्यसलाई उपयोग गर्न सकेन । सुजल श्रेष्ठको क्रसमा २२ औं मिनेटमा अभिषेक रिजालले डिबक्सभित्रबाट गरेको प्रहार आकाशिएको थियो । यस्तै ४० औं मिनेटमा रोहित चन्दको प्रहार कुवेती गोलकिपरले मुस्किलले बचाएका थिए ।

 

यता कुवेतको जितमा कप्तान बदर अल मुतावाले गरेको एकमात्र गोल निर्णायक बन्यो । उनले २७ औं मिनेटमा पेनाल्टी क्षेत्रको दायाँ भागबाट डिफेन्डरलाई छक्याउँदै गोल गरेका थिए । कप्तान तथा गोलकिपर किरण चेम्जोङले उनको प्रहार रोक्ने प्रयास गरेपनि सकेनन् ।

 

यसअघि नेपाल अवे खेलमा कुवेतसँग ७-० ले पराजित भएको थियो । हालसम्म नेपालले ५ खेलमा १ जित र ४ हार बेहोरेको छ । नेपालले छनोटमा ३ अंक जोडेको छ र  दोस्रो स्थानमा छ । यस जितसंगै ५ खेलमा १० अंक जोडेको कुवेत दोस्रो स्थानमा कायम छ । शीर्षस्थानको अष्ट्रेलियाको ४ खेलमा १२ अंक छ भने जोर्डनले ४ खेलमा ७ अंक जोडेको छ ।  ताइपेइ अंकविहिन छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार