• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

नेपाल बंगलादेशसँग  ८ विकेटले पराजित

काठमाडौं । एसीसी इमर्जिङ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग  ८ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य बंगलादेशले २४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।

 

बंगलादेशका लागि नजमुल सान्टोले अविजित ५९ रन बनाए भने नैम शेखले ४५ रन बनाए । नेपालका करण केसी र सुशन भारीले  १/१ विकेट लिए ।

 

यसअघि टस हारेर ब्याटिङको गरेको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर १३९ रन बनाएको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । मल्ल १० रनमा आउट भए । यस्तै करणले १८, आरिफ शेख ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

 

बंगलादेशका सैयद मिन्हाजुल आबेदीनले १० ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । तनविर सिंहले १० ओभरमा २ मेडन सहित २६ रन खर्चेर २ विकेट लिए । सुमन खानले ८.३ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए ।

 

मेहदी हसनले ९ ओभरमा १ मेडन सहित २५ रन खर्चेर २ विकेट लिए । पहिलो खेलमा भारतसँग पराजित भएको नेपालले दोस्रो खेलमा हङकङलाई पराजित गरेको थियो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार