• मंगलबार १२-६-२०८०/Tuesday 03-19-2024
रंगमञ्च

‘नाटक मोहले धेरै पटक परिक्षा बिग्रियो’

सुकृत नेपाल, काठमाडौं । रंगकर्मी रविन्द्र झा नाटकको नशाले यतीसम्म छटपटाए कि हल्ला सुनेकै भरमा बुवा–आमासँग तीन हजार रुपैयाँ पढाई खर्च भन्दै मागे र दिल्लीको आदि नाट्य दृष्टि तर्फको यात्रा तय गरे ।

 

रविन्द्रको जीवन उनी आफैलाई कहिलेकाही अचम्मको लाग्दोरहेछ । एकदिन उनले स्थानीय युवाहरुलाई भेला गरेर नाटकको योजना बनाउँदै थिए । गाउँलेहरुले उनका बुवाको कान भरे  । ‘यसले हाम्रा केटाकेटीलाई बिगार्ने भयो, छोरा बिग्रन थाल्यो बेलैमा विचार गर’ पनि भन्न भ्याए । छिमेकीहरुले उनलाई आरोप लगाइरहे । हुन त उनले २०५० साल देखी नै जनकपुरका विभिन्न गाउँ बस्तीमा नाटक देखाइसकेका थिए । गाउँमा पहिले उनको विरोध गर्नेहरु धेरै थिए । गाउँका केटाकेटीहरुलाई बरालिने बनाएको आरोप खेपे । नाटक मञ्चन बढ्दै गर्दा रविन्द्रको तारिफ पनि बढ्दै गयो । बस्तीमा विस्तारै उनका सर्मथकहरु पनि बढ्दै थिए ।  

 

‘भर्खर एसएलसी दिएर बसेको केटो नाटक भन्दै दिनभरी बरालिदै हिड्यो’ भन्ने सुन्नुपर्दा उनका बुबा दु.खी थिए । एक दिन साँझ रबिन्द्रको भविष्य र अध्ययनका बारेमा छलफल नै चल्यो । उनका बाबु र दाई दुवैजना सरकारी जागिरे । उनलाई पनि घरमा दबाब सुरु भइसकेको थियो सरकारी जागिरको । उनमा  भने नाटकको साइनो प्रगाढ बन्दै थियो । नाटकमा भविष्य छैन, पैसा छैन भनेको सुन्दा  उनी दिक्क भइसकेका थिए । मनमा नाटक थियो तर घर परिवार उनी राम्रो सरकारी जागिरे भएको हेर्न चाहन्थेँ । घर परिवारलाई जसरी पनि मनाउनु थियो । उनी भने खाना पनि नखाई, बोल्दै नबोली बस्न थाले । छोराको जिद्धी देखेर आमा पनि दोधारमा थिइन ।  

 

रबिन्द्रका बाबु साँझ कार्यालयको काम सकेर आउनासाथ आमाले रविन्द्रको चाहनाबारे वेलि विस्तार लगाइन । बुवा–आमाको मन न हो । त्यसपछि रविन्द्रको सपनाले साकार रुप लिने भयो । ३ वर्षको अभिनय अध्ययनका लागि उनी दिल्ली पुगे । अभिनय अध्ययन पछि नेपाल नै फर्केए ।
 

 

विद्यालयमा हुने सांस्कृतिक कार्यक्रमहरु
रविन्द्र विद्यालय पढ्दा सांस्कृतिक कार्यक्रमहरुमा सहभागी भइरहन्थे  । गायन तथा नृत्यमा पहिलेदेखी नै रुची थियो । ठूलो कक्षाका दाईहरु नाटक सांस्कृतिक कार्यक्रम आयोजना गर्थे उनी पनि एकैछिनमा त्यहि पुगिहाल्थे । उनका समकालीनहरु धेरैले रगंमञ्चबाट बिदा लिए तर झाले भने अहिलेसम्म पनि यसको विकल्पको बारेमा कल्पना समेत गरेका छैनन् ।
नाटकमा आफ्नो अभिनय कला देखाउन पाइन्थ्यो, उनी यसैमा दंग थिए ।

 

कहिलेकाही त हप्तामा दर्जन भन्दा बढी नाटकहरु गर्थे उनी, तर त्यसको बदलामा गाली मात्रै खानु पर्थ्यो । परिवार कै दबाबमा काठमाडौं आएर नेपाल कमर्स क्याम्पसमा भर्ना भए । पढ्नु पर्छ भन्ने थियो तर मन भने सधैं नाटक मै हुन्थ्यो । नाटक मोहले धेरैं पटक परिक्षा पनि बिग्रियो, घर परिवारको जोड बलले उनले फेरी परिक्षा दिएर पास गरे । 

 

हालसम्म उनले सयौं नाटकहरु प्रस्तुत गरिसकेका छन् । एक हजार बढी सडक नाटक गरेका रविन्द्रका अधिकांश नाटकहरु समुदायमा भएका विभेद र कुरुतीहरु बन्द हुनुपर्छ भन्ने पक्षमा हुन्थें । सुरुवाती चरणमा समुदायमा नाटक गर्ने क्रममा उनले धेरै विरोध र दबाबहरुको सामना गर्नुपर्यो । 

 

 

एकपटक दाइजोको विषयमा भएको एउटा नाटकले जनकपुर आसपासमा निकै चर्चा पायो । युवाहरुले आफ्ना गाउँठाउँमा त्यो नाटक देखाउनु पर्छ भन्दैं उनलाई भेट्न आए । उनका आखाँबाट हर्सको आँसु बगेको त्योदिन उनले कहिल्यै पनि बिर्सन सक्दैनन् । जसले दाईजो लिएर बिवाह गर्छ उसको घरको पानी पनि खान्न भन्ने आवाजलाई बुलन्द रुपमा उठाइएको त्यो नाटक । केही समयपछि  गाउँमा नाटकले पारेको प्रभावका बारेमा उनै युवाहरुबाट सुन्दा रविन्द्र धेरै नै खुशी भएका थिए ।

 

बालविवाह, दाइजो, महिला माथीहुने हिंसा यी सबै कुरुतीहरुलाई हटाउने बलियो माध्यम नाटक हो भनेर नै उनले आफ्नो पुरै समय यसमै दिनथाले । हिंसा हुन्थ्यो, बालविवाह गर्ने चलन अहिले पनि तराईका कतिपय समुदायमा कायम छ । यस्तो गर्नु अपराध हो भन्ने सबैलाई थाहा थियो  । तर, कसैले विरोध नगरेको देख्दा उनको मन दुख्थ्यो ,र उनले आफ्ना नाट्य प्रस्तुतिहरुमा यी र यस्तै विषयहरु उठान गर्थे । धेरैपटक उनले हप्की पनि खाए । तर आफ्नो कामलाई जारी नै राखेँ ।

 

१८ बर्ष अघि उनले मह जोडीसँग काम गर्ने अवसर पाए । श्रृष्टी, कालाजार, आमा २ जस्ता टेलिश्रृङखलामा उनले काम गर्ने अवसर पाए । उनले गरेको भूमिकाको चौतर्फी प्रशंसा भयो । झाको झुकाव चलचित्रमा भन्दा पनि नाटकहरु मै धेरै छ । पछिल्लो समयमा उनले केही चलचित्रहरुमा आफ्नो अभिनयको जादु देखाइरहेका छन् । उनले गरेका चंखे संखे पंखे, २ रुपैयाँ, जात्रा, फाटेको जुत्ता, कोहलपुर एक्सप्रेस, सुनकेसरी, रामकहानी, जात्रै जात्रा लगाएतका नेपाली चलचित्रहरु चर्चित छन् ।

 

पछिल्लो समय उनले जात्रै जात्रामा चलचित्रमा ‘मुन्ना ठाकुर’ को भूमिका गरे । जसले धेरै चर्चा कमायो । पछिल्लो समय उनले  गरेका संघोर र हिल्कोर नाटक मैथली समुदायमा निकै रुचाइएका रेडियो नाटकहरु हुन् । ‘मन्द–मन्द’, ‘ह्रदयभरी’ रबिन्द्रको प्रदर्शनको तयारीमा रहेका चलचित्रहरु हुन ।  रविन्द्र भन्छन्, उनलाई यस क्षेत्रमा यहाँसम्म पुर्याउनमा चारजनाको ठुलो हात छ । उनको आमा–बुवा, दाजु र उनको श्रीमती । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार