• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

व्यवसायी रुप ज्योति र सुरुची हिरासतमुक्त

काठमाडौं । ठगी आरोपमा पक्राउ परेका पूर्व अर्थराज्यमन्त्री  तथा व्यापारी रुप ज्योति र उनकी छोरी सुरुची थुनामुक्त भएका छन्। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पूर्वअर्थ राज्यमन्त्री तथा व्यापारी रुपज्योति विरुद्ध ठगी  मुद्दा नचल्ने निर्णय गरेपछि उनीहरू थुनामुक्त भएका हुन्।

 

जाहेरवाला पक्षसँग आपसी मिलापत्र गरी महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट रूप ज्योति हिरासतमुक्त भएका हुन् । ८ दिनदेखि थुनामा रहेका व्यापारी ज्योति र उनकी छोरी सुरुची विरुद्ध लेनदेन विवादमा ठगी मुद्दा नचल्ने निर्णय भएकाले प्रहरीले उनीहरुलाई छोडेको हो। 

 

प्रहरी कार्यालयले दुवै पक्षका बीचमा विवाद समाधान भएकाले मिलापत्र गर्ने कार्य हुने प्रतिवेदन बुझाएपछि सरकारी वकिल कार्यालयले यस्तो निर्णय गरेको थियो।

 

ल्याडमार्क हहाउजिङका नाममा विभिन्न व्यक्तिलाई ठगी गरेको मुद्दामा काठमाठौं जिल्ला अदालतले २०७५ मंसिर २० मा पक्राउ गर्न अनुमति दिएको थियो। तर त्यसविरुद्ध ज्योति सर्वोच्च पुगेका थिए। 

 

एक करोड २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीमा जाहेरी परेपछि कातिक २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै ज्योति पक्राउ परेका थिए। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार