• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
देश/प्रदेश

नारायणगढ–बुटवल सडक खण्ड विस्तार तिब्र

नवलपुर । नारायणगढ–बुटवल सडक विस्तारले तिब्रता पाएको छ ।   सडक विस्तारका लागी गैंडाकोट वडा नम्बर १४ बाट ढुँगा, माटो लगायतका निमार्ण सामाग्री ल्याउने सर्वपक्षीय सहमति  भएको छ ।

 

पहाडको डिस्को खनेर बाटो विस्तारमा प्रयोग गर्दै खेतीयोग्य जमीन बनाउने उद्देश्यले स्थानीयले माटो बिक्री गरेको नगर प्रमुख छत्रराज पौडेलले जानकारी दिएका छन ।

 

सडक विस्तारका लागि ठेक्का पाएको चिनियाँ कम्पनीलाई निर्माण सामग्री उपलब्ध गराउने जिम्मा पाएको सुपा निर्माण कम्पनी प्रालीले माटो लगेबापत नगरपालिकालाई प्रतिघनमिटर रु १५ का दरले रकम बुझाउनुपर्ने पौडेलले जानकारी दिए ।

 

प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख भए बमोजिम माटो खन्न पाउने गरी सम्झौता गरिएको गैँडाकोटका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले बताए ।

 

सो स्थानको माटो नारायणगढ–बुटवल सडक खण्ड विस्तारका लागि खण्ड १ मा प्रयोग हुने गैडाकोट नगरपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार