• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

चेक कीर्ते आरोपमा प्रहरी जवान पक्राउ

महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा विगत तीन वर्षदेखि कार्यरत प्रहरी जवान राजेश द्विवेदी रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

 

प्रहरी जवान द्विवेदीले बिहीबार महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको राष्ट्रिय बाणिज्य बैंक जलेश्वर शाखामा आफ्नै नामको तीन हजारको एउटा र चार हजारको अर्को चेक गरी जम्मा रु. सात हजार चेक बैंकमा माथिल्लो कोठाबाट सदर गरी पुनः रु. तीन हजारका स्थानमा रु ३० हजार र रु.चार हजारको स्थानमा रु. ४० हजार लेखेर सो बैंकबाट रु. सात हजारको ठाउँमा रु. ७० हजार झिकेको बैंकका प्रबन्धक शिवशंकर यादवले बताए ।

 

प्रहरी जवान द्विवेदीलाई कारवाहीस्वरुप निलम्बन गरिने प्रक्रिया अगाडि बढाइएको छ  । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार