• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

युनिमीको नेपाल च्याप्टर अध्यक्षमा धिताल र महासचिवमा भण्डारी निर्वाचित

काठमाडौं । सञ्चार, मनोरञ्जन र कला क्षेत्रमा काम गर्ने सवै प्रकारका श्रमिक र पत्रकारहरुको अन्तर्राष्ट्रिय साझा संस्था युनिमीको नेपाल च्याप्टरका लागि नयाँ नेतृत्व चयन भएको छ ।

 

काठमाडौँमा सम्पन्न युनिमी नेपालको साधारण सभाले अध्यक्षमा नेपाल टेलिभिजनका गोविन्द घिताल र महासचिवमा राष्ट्रिय समाचार समिति (रासस) का जीवन भण्डारीलाई निर्वाचित गरेको छ ।


युनिमी नेपालका निवर्तमान महासचिव समेत रहेका धिताल नेपाल टेलिभिजन कर्मचारी संघको निवर्तमान अध्यक्ष पनि हुन् भने महासचिवमा निर्वाचित भण्डारी सञ्चार कानुनका अध्यापक हुन् ।

 

समितिको उपाध्यक्षमा कान्तिपुर टेलिभिजन कर्मचारी संघकी अध्यक्ष निर्मला बस्नेत, उपमहासचिवमा प्रेस काउन्सीलका सुरेन्द्र मल्ल, सचिवमा इमेज एफएमका काशीनाथ दवाडी, सहकोषाध्यक्षमा मेट्रो एफएमका शिव रेग्मी र सदस्यमा अनिता रिमाल चयन भएका छन् ।

 

११ सदस्यीय कार्यसमितिमा फरक–फरक मिडिया हाउसबाट प्रतिनिधित्व गर्ने गरी वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष र दुई जना सदस्य पछि मनोनयन गरिने निवर्तमान अध्यक्ष राजकुमार थापाले जानकारी दिएका छन ।

 

नवनिर्वाचित अध्यक्ष धितालले पत्रकार र श्रमिक सम्वन्धी कानुनहरु श्रमिकमैत्री बनाउन र कार्यान्वयन गर्न लगाउने गरी सवै जिल्ला तथा सञ्चार प्रतिष्ठानमा संगठन विस्तार गर्ने योजना रहेको बताए । विश्वका ७० देशमा समिति रहेको युनिमीको प्रधान कार्यालय स्वीजरल्याण्डमा छ भने जोहेनस स्डुडिङगर यसका अन्तर्राष्ट्रिय अध्यक्ष हुन् ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार