• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
रंगमञ्च

‘यहाँका मान्छेहरु धेरै व्यस्त’

कति भयो अस्ट्रेलिया जानुभएको ? 
दुई महिना जति भयो ।  


के कस्तो कामले जानुभएको हो ? 
म खासमा यहाँ घुम्न आएकी हुँ तर यहाँ चलचित्र ‘लप्पन छप्पन २’ टिमसँग मेरो भेट भयो । मलाई चलचित्रको निर्माताले एउटा भुमिका गर्दिनु पर्यो भन्नुभयो । मैले नी बिदेशमा नेपाली चलचित्रको टिम, त्यसमाथी सबै चिनेको । उहाँको अफरलाई सजिलै स्वीकारे ।

 
अस्ट्रेलियाको बसाई कस्तो हुँदैछ ?
अस्ट्रेलिया बसाई ठिकै छ । आज २५ दिन पछि सुटिङ सकेर घर आएकी छु । एउटा बेग्लै खाले रमाइलो अनुभव भईरहेको छ । 


कहाँ कहाँ घुमियो त ? 
खै कहाँ घुमियो भनौं । चलचित्रको स्क्रिप्ट बुझन दुई महिना म प्रोडक्सनको काममा व्यस्थ भए । चलचित्रको सुटिङको क्रममा घुमियो भन्नु पर्यो । क्यानभेरा भन्ने ठाउँ गइयो । अन्य ठाउँहरु पनि गए तर सबै ठाउँको नाम याद छैन । 

 


 

अस्ट्रेलियाको सबैभन्दा प्रख्यात कुरा के रहेछ ?
मैले त्यस्तो खासै केही देखिन । मलाई सबै चिज उस्तै हो जस्तो लाग्छ । फेरी मेरो यो पहिलो भ्रमण पनि होइन । यो मेरो तेस्रो पटक हो । त्यसैले पनि मलाई सबै उस्ता उस्तै लागेको होला ।  


अब उतै बिहेबारी गर्ने हो, नेपालमा त त्यहि हल्ला छ ?
कसले भन्यो यस्तो कुरा । मैले त केही हल्ला सुनेकी छैन । कुनै मिडियाले लेखेको पनि देखेको छैन । मेरो बिवाहको कुरा सायद अनामनगर स्थीत मामाको पसलमा चियागफ गर्नेलाई समय काट्ने बाटो भएको होला । तर म मामाको पसललाई चाँहि एकदमै मिस गर्छु ।

 
अस्ट्रेलियामा पनि नाटक बनाउँदै हो कि कसो ?
यहाँ म थिएटरको वर्कसप दिँदैछु । यहाँ पनि थिएटर रुचाउने धेरै कलाकारहरु हुनुहुन्छ । उहाँहरुको लागी थिएटरको वर्कसप चलाउँ कि भन्ने सोच बनाएकी छु । 


नेपाल रमाइलो कि अस्ट्रेलिया ?
आफनो देश भनेको आफनै देश हो । आफनो देश सबैलाई प्यारो हुन्छ । यहाँ सधै बस्नको लागी त आईदैन । यहाँ जति समयको लागी आएपनि दुईचार ठाउँ घुमेपछि आफनै देश जाउँ जाउँ हुन्छ । मेरो बसाई त दुई महिना बढि भइसक्यो । दुई तीन महिना यहाँ बस्न गाह्रो हुन्छ ।

 

 
 

अस्ट्रेलियाका मान्छेहरु कस्ता हुँदारहेछन् त ?
यहाँका मान्छेहरु कामलाई भगवान नै मान्छन् । कामको समय यहाँका मान्छेहरुलाई बोल्ने फुर्सद हुँदैन । कामको बेला यहाँ कोही कसैको मतलब गर्दैन । तर जब काम सकिन्छ त्यसपछि खाना खाने समय होस् या घुम्न जाने, मान्छेहरु सजिलै घुलमिल हुन्छन् । 


त्यहाँका मान्छेहरुको राम्रो र नराम्रो पक्ष के रहेछ ? 
यहाँको मान्छेहरुको राम्रो पक्ष भनेको देशको बिकास नै हो । उनीहरुको काम गर्ने तरिकाले देश एकदमै बिकसित छ । यहाँको नराम्रो पक्ष भनेको मान्छेहरुलाई भेट्नै गाह्रो । यहाँ कामको समय कसैलाई नी भेट्न सकिन्न । यहाँका मान्छेहरु धेरै व्यस्त हुन्छन् । 


अब कहिले फर्किने ?
म डिसेम्वर १० मा फर्किन्छु । 

 

प्रस्तुति :  सुकृत नेपाल

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार