• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
खेलकुद

सागको लागि पुरुष क्रिकेट टोलीको घोषणा

काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद ९साग० का लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा भएको छ ।

 

नेपालले सागका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्सीय टिमको घोषणा गरेको हो । विहीबार घोषणा भएको टोलीमा तीब्र गतिका बलर राशिद खान पहिलो पटक परेका छन् । राशिद बाहेक टोलीमा सबै पुरानै अनुहार रहेका छन् । साग मंसिर १५ देखी २४ सम्म काठमाडौं र पोखरामा हुने छ । घोषणा टोलीमा पुर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने पनि रहेका छन् ।

 

तीब्र गतिका बलर राशिद खानले पहिलो पटक सिनियर टोलीमा स्थान बनाएका छन् । राशिदले उमेर समुह र घरेलु क्रिकेटमा निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । नेपाली टिम हाल बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेलिरहेको छ ।

 

१३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं,पोखरा र जनकपुरमा हुनेछ । यसमा भारत र पाकिस्तानले भने सहभागिता जनाउने छैनन् । क्रिकेट स्पर्धामा भुटान, माल्दिभ्स, नेपाल र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।

 

सागको लागि नेपाली टोली :

ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सरार्फ, सन्दीप जोरा, सुसन भारी, आरिफ शेख, अभिनास बोहोरा, कुशल भुर्तेल र राशिद खान ।

 

वैकल्पिक सुचिमा :

रोहित कुमार पौडेल, भिम सार्की र सागर ढकाल ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार