• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
खेलकुद

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलको जित

एजेन्सी । क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकबाट प्रेरित पोर्चुगलले युरो छनोटमा लिथुनियालाई ६–० ले हराएको छ । बिहिबार राति घरेलु मैदानमा जित निकाल्दै पोर्चुगल युरो छनोटको नजिक पुगेको छ ।

 

खेलको सातौँ मिनेटमा पेनाल्टी मार्फत रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । लिथुआनियाका सौलिउस मिकोलिउनासले रोनाल्डोलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । रोनाल्डोले उक्त पेनाल्टीलाई सिधै बीचमा प्रहार गर्दा गोलरक्षक अर्नेस्तास सेत्कुसको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो ।

 

खेलको दोस्रो हाफको  ११ मिनेटमा पोर्चुगलले तीन गोल थप्यो । पिज्जी, प्यासीएन्सिया र बर्नार्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई फराकिलो जित  दिलाए । रोनाल्डोले खेलको ६५ औं मिनेटमा आफ्नो ह्याट्रिक पुरा गरे । उनले सिल्भाको पासलाई गोलमा परिणत गर्दै करीअरको ५५ औं ह्याट्रिक प्रहार गरेका हुन् ।

 

यस जितसँगै पोर्चुगल ७ खेलमा १४ अंक बोकेर अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । समूह ‘बी’ को शीर्षस्थानमा रहेको युक्रेन १९ अंकसहित युरोको लागि छनोट भइसकेको छ । पोर्चुगलले आइतबार हुने खेलमा लक्जेमबर्गलाई पराजित गरे छनोट पक्का गर्नेछ । सर्बियाको १३ अंक छ भने लक्जेमबर्गको ४ र लिथुआनियाको १ अंक मात्र छ ।

 

यो संगै रोनाल्डोले  पोर्चुगलका लागि अन्तर्राष्ट्रिय गोल संख्या ९८ पुर्याएका छन् । अब उनी आफ्नो राष्ट्रका लागि १ सय गोल गर्ने दोस्रो खेलाडी हुने उपलब्धि नजिक छन् ।। उनी अलि डाईसको विश्व कीर्तिमान भंग गर्न ११ गोलले पछाडी छन् । ईरानका लिजेण्ड डाईसले १ सय ९ गोल गरेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार