• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

इटहरी तताउने सुरमा गायक नबिन र एड्रियन

काठमाडौं । पूर्वका पर्यटकीय स्थानको प्रवद्र्धन गर्ने उद्देश्यले सांगीतिक कार्यक्रमको आयोजना गरिने भएको छ । हाम्रो कार्टले भिजिट नेपाल ट्वान्टी ट्वान्टीको समेत प्रवद्र्धन गर्ने गरी कन्सर्टको आयोजना गर्न लागेको हो । आयोजक हाम्रो कार्टले बिहीबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमका बारेमा जानकारी गराएको हो ।

 

हाम्रो कार्टका प्रमुख प्रमेश श्रेष्ठले आन्तरिक पर्यटनलाई बढावा दिने उद्देश्यसहित म्युजिक फेस्टिभल गर्न लागेको जानकारी गराए । पूर्वाञ्चल म्युजिक फेस्टिभल २०७६ नाम दिइएको फेस्टिभलमा एड्रियन प्रधान र नबिन के भट्टराई विशेष आकर्षण रहनेछन् । 

 

कार्यक्रममा दुबै गायक आफ्नो ब्यान्डसहित प्रस्तुत हुने कार्यक्रममा जानकारी गराइयो । कन्सर्टमा दुबै गायकका अलावा भ्वाइस अफ नेपाल प्रतिस्पर्धी सुशान्त केसीको पनि प्रस्तुति रहनेछ । सुशान्त गत सिजनको भ्वाइस अफ नेपालको टप फाइभभित्र परेका प्रतिस्पर्धी थिए । कार्यक्रममा अस्तित्व ब्यान्डको पनि प्रस्तुति रहने श्रेष्ठले बताए । 

 

सुशान्तले पूर्वाञ्चल भ्रमणका लागि उत्साहित रहेको बताए । उनले भने, ‘जसलाई सुनेर संगीतमा आउन लालायित भएँ, उहाँहरुसँगै मञ्च सेयर गर्ने कुराले एकदमै उत्साहित छु ।’  इटहरीस्थित रंगशालामा हुने कार्यक्रम यही ३० गत शनिबार बेलुकी ४ बजेबाट सुरु हुनेछ । कार्यक्रममा सहभागिताका लागि २ सय, हजार र २५ सय टिकट शुल्क तोकिएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार