• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

बलत्कारीको खोजीमा भारतीय नायिका रानी मुर्खजी (ट्रेलर सहित) 

काठमाडौं । फिल्म  ‘मर्दानी २’ को ट्रेलर रिलीज भएको छ । ट्रेलरमा फिल्म कि मुख्य कलाकार रानी मुर्खजी पुलिस इन्स्पेक्टर रानी शिवानी शिवाजी रावको भूमिकामा देखिएकी छिन् । 

 

यशराज फिल्म्सले आफनो ट्विटरमा भिडियोको ट्रेलर शेयर गरेको हो ।  राजस्थानको कोटामा भएको एक बलात्कारको सत्य घटनामा फिल्मको कथा रहेको जनाइएको छ । 

 

ट्रेलरमा इन्स्पेक्टर शिवानी  बलात्कारको आरोपीलाई बेजोडले खोज्न लागिपरेको देखाइएको छ । यही बीचमा बिभिन्न बलात्कार घटना भएको पनि ट्रेलरमा देखाइन्छ । 

 

फिल्मको ट्रेलरमा आरोपीको अनुहार देखाइएको छैन, केवल आवाज मात्र सुनाइएको छ। फिल्म गोपी पुुत्रनले निर्देशन गरेका हुन् भने आदित्य चोपडाले फिल्मलाई निर्माण गरेका छन् ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार