• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

शनिवार कलाकारहरुको दौड प्रतियोगिता 

काठमाडौं । वातावारणीय स्वच्छताको लागि चलचित्र कलाकार, मोडल, गायक गायिका बीच ३ किलोमिटर सडक दौड प्रतियोगिता हुने भएको छ । 

 

नेपाल चलचित्र कलाकार संघ र कान्ति सास्कृतिक केन्द्रको संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । भिजिट नेपाल सन् २०२० लाई मध्यनजर गरेर चलचित्र कलाकार, मोडल, गायक गायिका बीच ३ किलोमिटर सडक दौड प्रतियोगिता हुने लागेको हो ।

 

शनिवार हुने प्रतियोगिता प्रहरी तालिम केन्द्र महाराजगञ्ज आगाडि बाट सुरु भई लाजिम्पाट पुगेर समापन हुने आयोजकले जानकारी गराएको छ । 

 

चलचित्रकर्मी, कलाकार, गायक गायिका तथा संचारकर्मीलाई सहभागिताको लागि चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले आह्वान गरेका छन् भने प्रतियोगिताका विजेताहरुलाई नगद सहित अन्य पुरस्कार समेत प्रदान गरिने संघका अध्यक्ष खड्काले जानकारी दिए । 

 

कार्यक्रममा समाजमा बसेर बिभिन्न क्षेत्रमा बिशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान पनि गरिने छ । । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार