• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

पेस्तोल र पाँच राउण्ड गोली सहित दुई पक्राउ

चितवन । इलाका प्रहरी कार्यालय भण्डाराले स्वचालित पेस्तोल र पाँच राउण्ड गोली सहित दुई जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा दाङ तुलसीपुर नगरपालिका–१२ धनोवरीका ३७ वर्षीय मधुकर केसी र सल्यान रिम गाउँपालिका–५ का ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन् । उनीहरुलाई राप्ती नगरपालिका–६ हर्दीबाट आज बिहान २ बजे पक्राउ गरिएको हो ।

 

बा ८५ प ८०८४ नं को मोटरसाइकलमा आएका उनीहरु शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा गस्तीमा रहेको प्रहरी टोलीले जाँच गर्दा मेड इन युएसए लेखिएको पेस्तोल र त्यसमा लाग्ने गोलीसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवन जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार