• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

 फेवातालको डुंगामा राष्ट्रपति हमिद सरर

काठमाडौं । बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज पोखरामा फेवातालमा डुंगा सयर गरेका छन्। त्यसपछि अरु तालहरु र हिमाली दृश्यावलोकनका लागि रुपाकोट जाने उनको कार्यक्रम रहेको छ।

 

आज मध्यान्ह करिब १२ बजे पोखरा आएका हुन् । विमानस्थलमा उनको स्वागत पछि डुंगा शयर गराइएको हो । सडक किनारमा दायाँबायाँ नेपाल र बंगलादेशको झण्डा फहराइएको छ।  

 

हमिदलाई पोखरा महानगरको तर्फबाट विभिन्न जातीय, सांस्कृतिक, कला, प्रदर्शनी, पञ्चेबाजा बजाएर स्वागत गरिएको छ । विमानस्थलमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङले स्वागत गर्नेछन्।

 

फेवाताल सयरपछि फिस्टेल लजमा लञ्च ब्रेक हुनेछ । त्यसपछि उनी हेलिकप्टरमा रुपाकोट रिसोर्ट जानेछन् । रुपाकोटमा हमिदलाई प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले स्वागत गर्नेछन्।

 

रुपा गाउँपालिकाले त्यहाँ स्वागत गर्नेछ। स्वागत र सम्मानमा मारुनी र सोरठी नाच देखाइने जानकारी गाउँपालिका अध्यक्ष नवराज ओझाले दिए। रुपाकोटमा हमिदले एक घण्टा बिताउने कार्यक्रम छ। उनी आजै हेलिकोप्टरबाट काठमाडौं फर्कने कार्यक्रम रहेको छ । 

 

बंगलादेशी राष्ट्रपति अब्दुल हमिद २६ देखि २९ कात्तिक सम्म नेपाल भ्रमणमा छन् । बुधबार उनले भक्तपुर दरबार क्षेत्र भ्रमण गरे । प्रधानमन्त्री केपी ओलीसँग उनको शिष्टाचार भेट भयो। उनले राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, विपक्षी दलका नेता शेरबहादुर देउवा, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसंग पनि भेट गरे

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार