• शनिबार १-८-२०८१/Saturday 04-20-2024
स्वास्थ्य

मृगौला रोगका विरामीलाई सकारात्मक सोच तथा सचेतना

पोखरा । मृगौलाका रोगका विरामीलाई सकारात्मक सोच तथा जीवन जिउने कला सम्बन्धी शिक्षामुलक तालिम सञ्चालन गरिएको  छ ।

 

चरक मेमोरियल हस्पिटल पोखराको  आयोजना सञ्चालित उक्त  तालिममा  विभिन्न हस्पिटलमा डायलासिस गरेका विरामी तथा नर्सहरुको सहभागीता रहेको थियोे । मृगौलारोग विशेषज्ञ डा. क्लारा पौडेलले मृगौला रोग लाग्नुको कारण र लागिसकेपछिको हेरचाह सम्बन्धी जानकारी गराएकी थिइन । 

 

त्यस्तै युवा उत्प्रेरक सुष्मा पौडेलले जीवन जिउने कलाका बारे सिकाएकी थिइन । उनले विरामी छु भन्ने भावनाले झनै विरामी हुने भन्दै उत्साहित, सकारात्मक र व्यस्त जीवन जीउन अनुरोध गरिन । साथै योग,ध्यान र साधनाको बारेमा जानकारी गराउदै सकारात्मक बन्ने उपायका बारेमा समेत बताइन  ।

 

त्यस्तै युकेवाट आएकी  मृगौला रोग विशेषज्ञ रियाले डायलासिस गरेपछि आफुलाइ कमजोर सम्झिन नहुने बताइन । कार्यक्रमको सञ्चालन चरक हस्पिटलका नर्स  रचना बस्नेत वानियाले गरेकी थिइन  ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार