• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

तीन बेरोजगार युवाको कथा ‘१२ सत्ताइस’ (ट्रेलर सहित)

काठमाडौं । चलचित्र  ‘१२ सत्ताइस’ को  ट्रेलर सार्वजनिक भएको छ । ‘पैसा कमाउन १२ सत्ताइस गर्नुपर्छ’ भन्ने कुरा चलचित्रको कथामा रुमलिएको निर्देशक जोन योञ्जनले बताए । तीन बेरोजगार पात्रको कथा हो १२ सत्ताइसका निर्देशक योञ्जनले जानकारी दिए । 

 

समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, अभोनराज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, बिना कार्की लगायतका कलाकारको चलचित्रमा मुख्य भूमिका रहेको छ भने  रेनु राना, दिपक खतिवडा र रुपक थापाले चलचित्रमा लगानी गरेका छन् । 

 

चलचित्रमा दीपक आर्जेको संगीत, श्रीधर पौडेलको पोस्टर फोटोग्राफी, कृष्ण भण्डारीको सम्पादन र अनिश स्यांगदेनको छायांकन छ । चलचित्रलाई ह्याप्पी प्लानेट फिल्मस् र कमेरो स्क्रिनले निर्माण गर्न लागेको हो । चलचित्र मंसिर २७ गतेदेखि प्रदर्शनमा आउने जनाइएको छ ।
 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार