• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

जनता अवकाश कोषका सहभागीले नेपालभर रहेका शाखाहरु मार्फत कोषको सेवा प्राप्त गर्न सक्ने

 

काठमाडौं । जनता बैंक नेपाल लिमिटेड द्धारा संचालित जनता अवकाश कोषले आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट कोषमा सहभागि संचयकर्ताहरुलाई निजको २०७६ आषाढ मसान्तसम्ममा कायम रहेको संचित रकमको १ प्रतिशतका दरले मुनाफा वितरण गर्ने निर्णय गरेको छ ।

 

 २०७६ कार्तिक २१ गते बसेको कोष संचालक समितिको बैठकले कोषको आर्थिक बर्ष २०७५÷७६ को वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरु स्वीकृत गरेको छ । 


कोषले सहभागी संचयकर्ता÷बचतकर्ताहरुको संचित मौज्दात रकममा बार्षिक ८.५० प्रतिशतका दरले व्याज प्रदान गर्दै आएको छ । साथै सहभागिले संचित रकमको ९० प्रतिशतसम्म सापटी लिनसक्ने व्यवस्था गरेको छ । कोषले सहभागी संचयकर्ता÷बचतकर्ताहरुलाई सुत्केरी स्यहार खर्च रु. १०,०००÷– र काजक्रिया खर्च रु. १०,०००÷– को व्यवस्था गरेको छ ।

 

आयकर ऐन, २०५८ को दफा ६३ को उपदफा १ र आयकार नियमावली २०५९, को नियम २० को उपनियम २ बमोजिम आन्तरिक राजश्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोष (Approved Retirement Fund) का रुपमा स्वीकृती प्राप्तगरी संचालनमा रहेको कोषले बैंक, वित्तीय संस्था, अन्य संगठित संघ, संस्था, प्रतिष्ठान, बिद्यालय, उद्योग, व्यवसाय र कर योग्य आय भएका परामर्शदाता, चिकित्सक, इन्जिनियर, कानून व्यवसायीहरुलाई अवकाश कोष सम्बन्धि सेवा प्रदान गरिरहेको छ ।

 

 जनता अवकाश कोषका सहभागीहरुले जनता बैंक नेपाल लिमिटेडका नेपालभर रहेका सम्पूर्ण शाखाहरु मार्फत सेवा प्राप्त गर्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार