• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
अर्थ

बूढानीलकण्ठ वेद विद्याश्रमका लागि सप्ताह ज्ञान महायज्ञबाट रु १३ लाख सङ्कलन

काठमाडौं । बूढानीलकण्ठमा सञ्चालित वेद विद्याश्रमको सहयोगका लागि आयोजना गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट रु १३ लाख सङ्कलन भएको छ ।

 

हरिबोधिनी एकादशीको अवसर पारेर कात्तिक २० गतेदेखि २६ गतेसम्म आयोजना गरिएको महायज्ञबाट सङ्कलित रकम प्राचीनकालदेखि चलिआएको गुरुकूल चलाउन खर्च गरिने आयोजक समितिका अध्यक्ष कल्पना मल्ल ठकुरीको भनाई छ ।

 

 कार्यक्रम समापन समारोहमा सांसद एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले नेपाल धर्म निरपेक्ष राष्ट्र भए पनि वैदिक सनातन धर्मको संरक्षण गरिने विषय संविधानमै उल्लेख गरी धर्म परिवर्तनलाई निषेध गरिएको बताए ।

 

महायज्ञका मूलकर्ता एवं पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दले वैदिक सनातन धर्मको रक्षाका लागि गुरुकुल प्रवद्र्धन गरिनुपर्नेमा जोड दिए ।

 

कार्यक्रममा बूढानीलकण्ठ नारायणस्थान मठका स्वामी निगमानन्द, महायज्ञका पण्डित कपिलदेव सुवेदी, गुरुकुलका प्राचार्य प्रकाश रुपाखेतीलगायतले गुरुकुलीय शिक्षा पद्दति लोप हुनबाट बचाउन समुदायको भूमिका महत्वपूर्ण हुने बताए ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार