• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

राप्रपाको पदाधिकारी बैठक सम्पन्न

काठमाडौं । समसामयिक राजनीतिक परिस्थिति र पार्टीको सांगठनिक र विविध पक्षबारे समिक्षा गर्न राप्रपाको पदाधिकारी बैठक आज अध्यक्ष कमल थापाको निवास बुढानिलकण्ठमा बसेको छ । 

 

बैठकले सुगौली सन्धिबाट कायम रहेको काली नदि पूर्वको नेपालको भूभाग समेतलाई समेट्ने गरि हालसालै भारतबाट एकतर्फी रुपमा राजनैतिक नक्सा प्रकाशित गरिएको र सोबाट यसअघि नेपाल र भारत सरकारका बीच सीमा विवाद समाधानका सम्बन्धमा गठन गरिएको सचिव स्तरीय संयन्त्र समेतलाई अवमूल्यन हुन गई नेपाल भारत बीचको सम्बन्धमा संशय पैदा हुन गएको विषयलाई राप्रपाले अत्यन्त गम्भीरतापूर्वक लिएको बैठकले निष्कर्ष निकालेको छ । 

 

यस्तै दुई घनिष्ठ छिमेकीका बीचमा संशय पैदा हुनु र संशय कायम रहिरहनु निश्चित रूपमा दुवै देशको हितमा हुँदैन । भारतबाट प्रकाशित राजनीतिक नक्सामा भएको त्रुटि सच्याउन र नेपालको भूभागको संरक्षण गर्नको लागि अविलम्ब कुटनीतिक पहल गर्न नेपाल सरकार समक्ष राप्रपा जोडदार माग गर्ने बताएको छ । ।

 

यसका साथै प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको उप निर्वाचनमा पार्टीको सशक्त उपस्थिति र बिजय सुनिश्चित गर्न सबै पदाधिकारीहरु र केन्द्रीय कार्य समितिका सदस्यहरु अनिवार्य रुपले निर्वाचन हुने जिल्लामा परिचालन हुन निर्देशन दिने पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार