• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

चार परिवारको पारिवारिक समस्या चलचित्र ‘हिजो आजका कुरा’ 

काठमाडौं । चलचित्र ‘हिजो आजका कुरा’को बुधबार मुर्हत गरिएको छ । पशुपति मन्दिरमा चलचित्रको मुर्हत गरिएको हो ।  

 

सन्तोष पन्त, रमा थपलिया, रिमा विश्वकर्मा र निर्देशक साकार पन्तले मुर्हत सट दिएका थिए । चलचित्रले कुनै न कुनै तरिकाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र हतारोसँगै विदेश जाने सपना पूरा गर्न केही न केही गुमाउनु पर्ने विषयवस्तुलाई उठान गरिएको चलचित्रको निर्माण पक्षले जनाएको छ ।

 

चलचित्रमा ‘हिजो आजका कुरा’ का शीर्ष कलाकार सन्तोष पन्त र रमा थपलियाकै मुख्य भूमिका रहनेछ । यस्तै, नितेशराज पन्त, केकी अधिकारी, ऋचा शर्मा, रीमा विश्वकर्मा, जेबिका कार्की, रमेश अधीकारी, सविन शाक्य लगायतको चलचित्रमा अभिनय रहनेछ।

 

अशोक घिमिरे सह–निर्माता रहेको चलचित्रको छायांकन छटपछि सुरु गरिने जनाइएको छ । काठमाडौं र चितवनमा चलचित्रको छायांकन हुनेछ। चलचित्र आउँदो वैशाखसम्ममा प्रदर्शनमा ल्याउने निर्माण टीमको योजना छ। चलचित्रमा संगीत हर्कुलस बस्नेतको रहनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार