• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
बिश्व

महिला कामदारविरुद्ध म्याक्डोनल्ड्समा यौन दुर्व्यवहारको आरोप

अमेरिका । प्रसिद्ध रेस्टुराँ सञ्जाल म्याकडोनल्ड्सका अमेरिकी कामदारहरूले तयारी खाना विक्री गर्ने उक्त कम्पनीमा यौन दुर्व्यवहार आम समस्या रहेको भन्दै मुद्दा दायर गरेका छन्।मिचिगनकी एक जना महिला कर्मचारीले आफ्ना प्रबन्धकले नियमित रूपमा यौन दुर्व्यवहार गरेको र त्यस विरूद्ध बोल्दा जागिर जाने डर लागेको जिकिर गरेकी छन्।

 

वकिलहरूले त्यस्ता कैयौं घटना रहेको भन्दै म्याकडोनल्ड्समा काम गर्ने वातावरण माथिबाटै एकदमै खराब रहेको उल्लेख गरेका छन्। ती आरोपबारे उक्त कम्पनीले कुनै पनि प्रतिक्रिया जनाएको छैन।

 

क्षतिपूर्ती
म्याकडोनल्ड्सकी पूर्व कामदार जेना राइसले मेसन मिचिगनमा रहेको एउटा रेस्टुराँका एक जना प्रबन्धकले बारम्बार यौन सम्बन्ध राख्न आफूसँग प्रस्ताव गरेको बताएकी छन्।

 

ती प्रबन्धकले आफ्ना संवेदनशील अंगहरूमा पटकपटक छोएको उल्लेख गरिन्। वकिलहरूले उक्त रेस्टुराँ सञ्जालमा त्यस्तो दुर्व्यवहार खेप्ने जेना एक मात्र महिला नरहेको र त्यो उक्त कम्पनीभित्रको संस्कृति झल्काउने एउटा प्रतिनिधि घटनामात्रै भएको उल्लेख गरेका छन्। उक्त कम्पनीले ५० लाख डलर क्षतिपूर्ती तिर्नुपर्ने माग गरिएको छ।

 

तालिम
अमेरिकामा मात्रै म्याकडोनल्ड्सका लगभग १४ हजार रेस्टुराँ छन्। तर निक्कै सानो सङ्ख्यामा मात्रै ती रेस्टुराँहरू कम्पनीको स्वामित्वमा छन्। अधिकांशले उक्त 'फ्रेन्चाइजको' नाम प्रयोग गर्न सम्झौता गरेर रेस्टुराँ सञ्चालन गरिरहेका छन् ।

 

विगतदेखि नै म्याक्डोनल्ड्सले आफ्ना स्टोरसँग जोडिएका श्रमिकको अवस्थासँग जोडिएका विवादबाट आफूलाई अलग राख्ने गरेको छ। गएको अगस्ट महिनामा उक्त कम्पनीले आफ्ना सबै रेस्टुराँमा दुर्व्यवहार विरूद्ध नयाँ तालिम सञ्चालन गरेको थियो। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार