• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

रौतहटको मठिया प्रहरी चौकीमा बम आक्रमण

रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा रहेको मठिया प्रहरीचौकीमा मंगलबार दिउँसो सुतली बम प्रहार गरिएको छ ।

 

बीआर ०५ एच ८६५९ नम्बरको मोटरसाइकलमा आएका दुईजना भारतीय नागरिकले प्रहरीचौकीमा सुतली बम प्रहार गरेको जनाइएको छ । बम प्रहारबाट ‘सेन्ट्री’ बसेका प्रहरीजवान रन्जीतप्रसाद यादव सामान्य घाइते भएका छन् । उनको ढाडमा बमको छर्रा लागेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भुपेन्द्र खत्रीले बताए ।

 

सुतली बम प्रहार गरेर भाग्दै गरेको अवस्थामा प्रहरीले भारतीय नागरिक चन्दन कुमार रामलाई पक्राउ गरेको हो । बम प्रहार गर्नेले प्रयोग गरेको मोटरसाईकल समेत बरामद भएको छ । सामान्य घाइते यादवको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार