• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
शिक्षा

डा. केसीको अनशन स्थगित,मोदीलाई लेखे यस्तो पत्र

काठमाडौं । डा.गोविन्द केसीले ९ दिनपछि अनशन तोडेका छन् । डा. केसीले बालक श्रीयान्स जैरूको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।

 

केसीले स्वास्थ्य र चिकित्सा शिक्षामा सुधार तथा सुशासनका लागि आफ्नो लडाइँ जारी नै रहने स्मरण पत्रकारहरू मार्फत गराएका छन्। सरकारले आफ्नो माग पूरा नगरे पुनः सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम ल्याउने उनले बताएका छन्।

 

सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै उनले पटकपटक सत्याग्रह सहितको आन्दोलन थाल्ने चेतावनी दिँदै आएका थिए। नवौं दिनमा आइपुग्दा डा केसीको स्वास्थ्य अवस्थामा अत्यन्तै नाजुक भएको थियो ।

 

आम नागरिकको जीविका सहज हुने, गुणस्तरीय शिक्षा स्वास्थ्य उपलब्ध हुने तथा बिना भेदभाव र भय सबै नागरिक बाँच्न पाउने अवस्थामा मात्र राष्ट्रियता बलियो हुन सक्ने केसीको तर्क थियो ।

 

कात्तिक १७ गते डडेलधुरामा अनशन सुरु गरेका केसीले मंगलबार मोदीलाई पत्र लेख्दै अनशन स्थगित गरेका हुन् । राष्ट्रियताको संवदेनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उनीहरुको संवदेनालाई हृदयंगम गर्दै अनशन स्थगित गरेको केसीको विज्ञप्तिमा उल्लेख छ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार