• शनिबार १-८-२०८१/Saturday 04-20-2024
पत्रपत्रिका

तीन लाखमा मिर्गौला !

काभ्रे । काभ्रेका आइते मगर (परिवर्तित नाम) केही महिनायता सधैंजसो मदिराको नशामा भेटिन्थे । खल्तीमा अलिकति पैसा भयो कि कामै छाडेर भट्टी पसिहाल्थे । कहिले गलैंचा कारखाना त कहिले गाडीमा खलासी बस्थे । 

 

गलैंचा कारखानामै चिनेका राजुले असार पहिलो साता उनलाई रत्नपार्कमा बोलाए । ‘मलाई चिनेको एउटा मानिसलाई मिर्गौला चाहिएको छ,’ राजुले मगर ९अदालतमा पेस भएको मिसिलमा उनको सांकेतिक नाम बबरमहल २ भनिएको छ० लाई प्रस्ताव गरे, ‘धेरै मानिसको एउटा मात्र मिर्गौला हुने रहेछ । तिम्रो जाँच गरौं । दुर्इवटा भए एउटा दिँदा फरक पर्दैन । तिमीले तीन लाख रुपैयाँ पाउँछौ ।’

 

राजुले शंखरलाल लामाका लागि मिर्गौला खोजिदिएका हुन् । बाबुका लागि मिर्गौला खोज्न लामाका छोरा शिशिरसागर दौडधुप गरिरहेका थिए । राजुले त्यही दिन मगरलाई शिशिरसँग भेटाइदिए । शिशिरले पनि उसैगरी फकाए,‘मेरो बुबालाई मिर्गौला चाहिएको छ, तपाईंलाई एउटा मिर्गौला भए पनि केही फरक पर्दैन । धेरै मानिसले मिर्गौला झिकेका छन् ।’ जिल्ला अदालत ललितपुरमा पेस भएको आरोपपत्रअनुसार उनले मगरलाई ‘मिर्गौला प्रत्यारोपणपछि नगदै ३ लाख रुपैयाँ दिउँला’ भनी आश्वासन दिएका थिए । त्यसपछिका ३र४ वटा भेटमा शिशिरले मगरलाई हरेकपल्ट ४र५ हजार रुपैयाँ दिएर आश्वस्त पारे ।

 

मिर्गौला पाउने निश्चित भएपछि वनस्थलीस्थित डायलसिस सेन्टरमा डायलसिस गराइरहेका लामालाई पुल्चोकको निदान अस्पताल लगियो । त्यहाँ उनले आफ्ना भान्जा सञ्जीव घिसिङ मिर्गौला दिन तयार भएको बताए । अस्पतालका प्रशासन प्रमुख विपेन्द्र प्रधान र कानुनी सल्लाहकार कुमुदकुमार भट्टराईले आवश्यक कागजात तयार गर्न सल्लाह दिए ।

 

जिल्ला अदालतमा दर्ता भएको मिसिल अनुसार लामा र शिशिरले गाउँबाट भान्जाको नाता प्रमाणितको सिफारिसपत्र लिएर आए । अस्पताल आइसकेपछि भने उनै मगरलाई भान्जा बनाएर उभ्याए ।

 

लामाले बयानमा विवरण तोडमोड गरेका छन् । अस्पताल पुर्‍याइएका भान्जा डराएर मिर्गौला प्रत्यारोपणका लागि तयार नभएपछि मगरलाई ल्याउनुपरेको उनको भनाइ छ । ‘जसो गर्दा पनि नभएपछि निदान अस्पतालका कर्मचारीको सल्लाहबमोजिम आइते मगरसँग मेरो छोराले कुरा गरी मिर्गौला दिन तयार बनाएका हुन्,’ लामाको बयान छ । प्रहरीले भने सुरुदेखि नै मगरलाई अघि सारिएको निष्कर्ष निकालेको छ ।

 

योजनाअनुसार डाक्टरहरूले नक्कली भान्जाको स्वास्थ्य परीक्षण गरी उनको मिर्गौला लामालाई प्रत्यारोपण गर्न सकिने राय दिए । प्रशासन प्रमुख प्रधान र कानुनी सल्लाहकार भट्टराईले घटनाबारे थाहा पाएपछि कागजात मिलाउने ‘आइडिया’ बताइदिए । त्यसबापत भट्टराईले लामा परिवारबाट साढे ४ लाख रुपैयाँ अतिरिक्त लिएको मिसिलमा उल्लेख छ । भट्टराईले भने एउटाको नामबाट अर्कोको मिर्गौला दिन सकिन्छ भनेर सल्लाह नदिएको दाबी गरे । जबकि प्रहरीले कल डिटेल रेकर्ड हेर्दा भट्टराई र शिशिरबीच नियमित फोन सम्पर्क भएको खुल्यो । मिसिलमा भट्टराईले भान्जाको नामबाट अर्को मानिसको मिर्गौला प्रत्यारोपण गराउन सकिने तर त्यसका लागि अस्पतालको शुल्कबाहेक ५ लाख बढी पर्ने बताएको उल्लेख छ । शिशिरले प्रत्यारोपणअघि डेढ लाख र पछि तीन लाख गरी ४ लाख ५० हजार रुपैयाँ भट्टराईकै हातमा थमाइदिएको दाबी गरेका छन् । प्रमाण खोज्दै जाँदा प्रहरीले नबिल बैंकको स्वयम्भू शाखामा रहेको खाताबाट दुई चरणमा उक्त रकम निकालिएको भेट्टायो ।

 

साउन अन्तिमतिर मगरलाई निदान अस्पताल भर्ना गरियो । लगातार दुर्व्यसनका कारण कमजोर बनेका उनलाई उपचार गरेर सामान्य अवस्थामा ल्याइयो । मिर्गौला प्रत्यारोपणको अघिल्लो दिन साउन २३ गते फर्ममा टाँसिएको फोटो उनको अनुहारसँग नमिलेपछि नर्सहरूबीच हल्लीखल्ली भयो । उनीहरूले मगरलाई अर्को भवनमा लिएर गए । नर्सहरूले मिर्गौला दिने व्यक्ति घिसिङ नभएको भन्दै प्रशासन प्रमुख प्रधानलाई खबर गरे । उनले तत्काल कानुनी सल्लाहकार भट्टराईलाई बोलाए । कान्तिपुर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार