• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
अर्थ

रुप ज्योति पक्राउले समग्र व्यावसायिक क्षेत्र सशंकित : नाडा

काठमाडौं । नाडाका पूर्वअध्यक्ष तथा ज्योति समूहका उपाध्यक्ष डा रुप ज्योति तथा उनकी छोरी सुरुचिलाई आर्थिक लेनदेनको विषयलाई लिएर केही दिनअघि पक्राउ गरिएकोमा नाडाले गम्भीर ध्यानाकर्षण गरेको छ ।

 

उद्योग व्यवसाय गर्ने सन्दर्भमा गरिने सम्झौता एवं आर्थिक कारोबारहरुमा उत्पन्न हुने विवादहरुको समाधान देवानी दायित्व अन्तर्गत साधिकार निकायबाट उपचार खोजी विवादको समाधान वैकल्पिक मार्ग हुँदाहुँदै गम्भीर प्रकृतिको कसुरमा पक्राउ गर्नु दुःखद भएको नाडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

 

नाडाले भनेको छ, ‘जाहेरीमा उल्लिखित व्यहोरा बमोजिम दुई पक्षबीच लेनदेन कारोबार भएको र पहिले नै विवाद भई सम्मानित अदालतमा धरौटी रकम समेत राखिसकिएको अवस्थामा निजहरुलाई थुनेर अनुसन्धान गर्नुपर्ने अवस्था देखिदैन।’ छिटो टुंगोमा पुग्न सकिने लेनदेनको विषयमा समेत थुनछेक लम्ब्याउने मनसाय देखिँदा अहिले समग्र व्यावसायिक क्षेत्र सशंकित भएको नाडाको भनाइ छ। 

 

यस सन्दर्भमा जे जस्तो अनुसन्धान गर्नुपर्ने हो छिटो सम्पन्न गरी सम्मानित अदालतमा पेस गरी न्यायका लागि मार्ग प्रशस्त गरिदिने व्यवस्थाका लागि गृह प्रशासन समक्ष नाडाले आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार