• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
अर्थ

उद्योगी पद्म ज्योतिलाई पनि पक्राउ पुर्जी

काठमाडौं । उद्योगपति पद्म ज्योतिलाई पक्राउ गर्न अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।  रूप ज्योति पक्राउ परेको प्रकरणमा नै पद्म ज्योतिलाई पनि अदालतले सोमबार पक्राउ पुर्जी जारी गरेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।

 

रूप ज्योति पक्राउ परेको ल्यान्डमार्क जग्गा लेनदेन प्रकरणमै  पद्म ज्योतिलाई पनि पक्राउ पुर्जी जारी गरिएको हो। पद्म ज्योति नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन् । उनी ज्योति ग्रुपका अध्यक्ष हुन्। केही दिन अघि पक्राउ परेका व्यवसायी रूप ज्योतिका उनका दाजु हुन् ।

 

उनी र उनकी छोरी सुरुचीलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले दुई पटक म्याद थप गरिसकेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार